close

थाहा नगरपालिकाले ल्यायो एक अर्ब आठ करोडको बजेट (पूर्णपाठ)

थाहा नगरपालिकाले ल्यायो एक अर्ब आठ करोडको बजेट (पूर्णपाठ)

Trulli
ADVERTISEMENT

मकवानपुर । थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । थाहाको ११औँ नगरसभामा उपमेयर भरत गोपालीले एक अर्ब आठ करोड ८४ लाख ७ हजार बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

चालु खर्च तर्फ ९ करोड ९७ लाख ५४ हजार, पुँजीगत तर्फ ५१ करोड ७२ लाख १३ हजार, सशर्त तर्फ ३२ करोड १४ लाख ४० हजार, सामाजिक सुरक्षा तर्फ १५ करोड खर्च हुने अनुमान रहेको छ ।

उपमेयर गोपालीले आर्थिक वर्ष २०७९/०८० का लागि आन्तरिक स्रोत १९ करोड ७९ लाख ५ हजार, राजश्व बाँडफाँड १९ करोड ६८ लाख ८० हजार, संघीय सरकारबाट प्राप्त १७ करोड १६ लाख, प्रदेश सरकारबाट प्राप्त ५ करोड ५ लाख ८२ हजार, सशर्त अनुदान ३२ करोड १४ लाख ४० हजार र सामाजिक सुरक्षा १५ करोडको बजेट बाँडफाँड सहित बजेट पेश गरेका थिए ।