close

काठमाडौं महानगरपालिकाले ल्यायो २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ बजेट

काठमाडौं महानगरपालिकाले ल्यायो २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ बजेट

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष ०७९/०८० को नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । 

महानरपालिकाकी उपमेयर सुनिता डङ्गोलले नगरसभासमक्ष २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

महानरपालिकाको सभामा प्रस्तुत बजेतअनुसार काठमाडौं महानगरपालिकाको संचित कोषमा २२ अर्ब ३६ करोड ९५ लाख, संचित कोषबाहेक ३ अर्क ५ करो १ लाख ४७ लाख छ ।

त्यस्तै कार्यालय सञ्चालन ४ अर्क ६८ करोड, पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोढ ८९ लाख, सामजिक विकासमा १ अर्ब ६२ करोड विनियोजन गरिएको उपप्रमुख डंगोलले जानकारी दिइन् । 

साथै संघीय तथा प्रदेश सरकारबाट आउने शसर्त अनुदातर्फ १ अर्ब ३१ करोड सुनिस्चित भएको उनले जानकारी दिइन् । 

महानगरले पहिलो प्राथमिकतामा काठमाडौँका परम्परागत हिति (ढुंगेधारा) हरू पुनर्स्थापना गर्ने भनेको छ। जुन ठाउँमा पहिलेजस्तै प्राकृतिक रूपले पानी खसाल्न सकिन्छ, त्यहाँ त्यसैअनुरूप हिति पुनर्स्थापना गरेर पानी आपूर्ति गर्ने महानगरको कार्यक्रम छ। पानी आपूर्ति हुन नसक्ने हितिलाई पनि काठमाडौँको कला र संस्कृति प्रवर्द्धनको निम्ति पुनर्स्थापना गरिनेछ।

काठमाडौँका परम्परागत मठ-मन्दिरहरू र ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका सम्पदा स्थलहरूको संरक्षणलाई महानगरले प्राथमिक कार्यक्रमको सूचीमा राखेको छ।

काठमाडौँ महानगरले आगामी आर्थिक वर्षका लागि वडा कार्यालयहरूमा जाने बजेट पनि वृद्धि गरेको छ।

वडा कार्यालयहरूबाट हुने सेवा प्रवाहको गुणस्तर वृद्धि गर्ने उद्देश्यले चालू आर्थिक वर्षको तुलनामा वडाहरूलाई दोब्बर बजेट दिने घोषणा उपमेयर डंगोलले गरेकी छन्।

अन्य प्राथमिक कार्यक्रममा सुन्धारास्थित महानगर कार्यालय रहेको बागदरबारको भवन प्रबलीकरण पनि छ। पहिले यो भवन भत्काएर नयाँ बनाउने भनिएको थियो। सम्पदा संरक्षण अभियन्ताहरूले विरोध गरेपछि उक्त योजना रोकिएको थियो। अहिले नयाँ नेतृत्व आएपछि बागदरबार भवनलाई पुरानै स्वरूपमा जस्ताको तस्तै राख्ने गरी प्रबलीकरण गर्ने घोषणा गरिएको हो।

यसबाहेक काठमाडौँ महानगरभित्र विद्युतीय सार्वजनिक यातायात चलाउने, खाली सरकारी जग्गामा पोखरी निर्माण गरी पानी पुनर्भरण कार्यक्रम सञ्चालन गर्ने, डबलीहरू पुनर्स्थापना गर्ने कार्यक्रम पनि छन्।

सार्वजनिक विद्यालयको भौतिक पूर्वाधार विकास गर्ने, फोहोरमैलालाई ऊर्जामा परिणत गर्ने, सार्वजनिक बस बिसौनीहरूमा परम्परागत ढाँचाको फल्चा निर्माण गर्ने, विभिन्न ठाउँमा दमकल स्टेसनहरू राख्ने, ज्येष्ठ नागरिकहरूका निम्ति घरघरमा स्वास्थ्य परीक्षणको सुविधा दिने, खेलकुद स्थलहरू निर्माण गर्ने लगायत कार्यक्रमलाई महानगरले प्राथमिकता दिएको छ।

महिला स्वरोजगार, शारीरिक अपाङ्गता भएका नागरिकको स्वरोजगार, हरेक वडामा कम्तीमा एउटा विद्युतीय पुस्तकालय, लोकबाजा सङ्ग्रहालयको प्रवर्द्धन लगायत कार्यक्रम पनि महानगरको बजेटमा परेको छ।

काठमाडौँको सबभन्दा ठुलो सांस्कृतिक उत्सव येँया पुन्हि (इन्द्रजात्रा) लाई संसारभरि चिनाउने गरी अन्तर्राष्ट्रियकरण गर्ने कार्यक्रम पनि महानगरले घोषणा गरेको छ।