close

गोदावरी नगरपालिकाद्वारा सवा अर्ब बराबरको बजेट प्रस्तुत

गोदावरी नगरपालिकाद्वारा सवा अर्ब बराबरको बजेट प्रस्तुत

Trulli
ADVERTISEMENT

कैलाली । गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब २५ करोड बराबरको अनुमानित बजेट प्रस्तुत गरिएको छ ।

शुक्रबार बसेको गोदावरीको नगरसभामा आगामी आर्थिक वर्ष २०७९/८० को बजे प्रस्तुत गर्दै नगरप्रमुख वीरेन्द्र भट्टले एक अर्ब २५ करोड ८ लाख ५० हजारको अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।

आगामी आर्थिक वर्षका लागि गोदावरी नगरपालिकाले चालुतर्फ ७१ करोड २३ लाख २५ हजार र पुँजीगततर्फ ५३ करोड ८५ लाख २५ हजार विनियोजन गरेको छ ।