close

धरान उपमाहानगरपालिकाद्वारा एक अर्ब ६८ करोडको बजेट प्रस्तुत

धरान उपमाहानगरपालिकाद्वारा एक अर्ब ६८ करोडको बजेट प्रस्तुत

Trulli
ADVERTISEMENT

सुनसरी । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि १ अर्ब ६८ करोड ५८ लाख २३ हजार बजेट प्रस्तुत गरेको छ ।

शुक्रबार धरानको एघारौं नगरसभामा उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघाले बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत गरिएको बजेटमध्ये चालुतर्फ ८३ करोड ३७ लाख ७२ हजार ४४२ रुपैयाँ र पुँजीगतर्फ ८१ करोड ९५ लाख ५० हजार ५ ५८ रुपैयाँ र वित्तीय व्यवस्था तर्फ ३ करोड २५ लाख रुपैयाँ रहेको छ ।

धरान उपमहानगरले खानेपानी, पूर्वाधार विकास, पर्यटन, कृषि, शिक्षा स्वास्थ्य तथा सामाजिक विकास र विपद व्यवस्थापनलाई प्राथामिकतामा राखेर बजेट विनियोजन गरेको हो ।

शहरी योजना तथा भौतिक पूर्वाधार विकासका लागि २९ करोड र शिक्षा युवा तथा खेलकुद तर्फ ४० करोड ९७ लाख विनियोजन गरिएको छ । स्वास्थ्यतर्फ ४ करोड २ लाख, सामाजिक विकास तर्फ ५ करोड ८२ लाख २३ हजार, आर्थिक विकास तर्फ २ करोड ७२ लाख तथा वन वातावरण ऊर्जा तथा विपद व्यवस्थापनतर्फ १ करोड ६८ लाख बजेट विनियोजन गरिएको छ ।

त्यस्तै, पर्यटनतर्फ ३० लाख, सूचना तथा सञ्चारतर्फ २५ लाख र साहित्य कला संस्कृतितर्फ १५ लाख रुपैयाँ विनियोजन गरिएको छ । धरानको अव्यवस्थित तथा सुकुम्बासी बस्ती व्यवस्थापनतर्फ २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

त्यस्तै मेयर कोषमा १ करोड २० लाख उपमेयर कोषमा ८० लाख विनियोजन गरेको उपप्रमुखले प्रस्तुत गरेको बजेट भाषणमा उल्लेख छ ।