close

घोराही उपमहानगरपालिकाको बजेट दुई अर्ब ३२ करोड रुपैयाँ

घोराही उपमहानगरपालिकाको बजेट दुई अर्ब ३२ करोड रुपैयाँ

Trulli
ADVERTISEMENT

दाङ । घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ३२ करोड ९० लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

शुक्रबार सम्पन्न दोस्रो नगरसभाको पहिलो अधिवेशनमा उपप्रमुख हुमा डिसीले चालू तर्फ १ अर्ब २५ करोड ४० लाख ८१ हजार र पूँजीगत तर्फ १ अर्ब ७ करोड ४९ लाख १० हजारको बजेट प्रस्तुत गरिन्।

उपमहानगरले गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा १२ करोड रुपैयाँ वृद्धि गरेर बजेट विनियोजन गरेको हो ।