close

नेचासल्यानले ल्यायो ४५ करोड ३३ लाख बराबरको बजेट

नेचासल्यानले ल्यायो ४५ करोड ३३ लाख बराबरको बजेट

Trulli
ADVERTISEMENT

सोलुखुम्बु । नेचासल्यान गाउँपालिकाले आर्थिक वर्ष ०७९/०८० का लागि ४५ करोड ३३ लाख ६४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । 

शुक्रबार सम्पन्न गाउँसभाले संघीय शसर्त अनुदानतर्फ २१ करोड ४८ लाख, वित्तीय समानीकरण अनुदान १३ करोड ८ लाख, राजश्व बाँडफाँडतर्फ ६ करोड १० लाख ६६ हजार, प्रदेश वित्तीय समानीकरण ७१ लाख ७६ हजार, प्रदेश राजश्व बाँडफाँड २० लाख २० हजार, समपुरक अनुदान एक करोड, मालपोत रजिष्ट्रेशन ५ लाख, आन्तरिक स्रोत ७० लाख बजेट विनियोजन गरेको हो । 

पालिका अध्यक्ष धनजन राईको अध्यक्षतामा सम्पन्न भएको ११औ गाउँसभाको पहिलो अधिवेशनमा पालिका उपाध्यक्ष विना राईले नीति तथा कार्यक्रम प्रस्तुत गरिन् ।