close

चिशंखुगढीको बजेट ४२ करोड ४३ लाख रुपैयाँ

चिशंखुगढीको बजेट ४२ करोड ४३ लाख रुपैयाँ

Trulli
ADVERTISEMENT

ओखलढुंगा । चिशंखुगढी गाउँपालिकाले  आगामी आर्थिक वर्ष ०७९/०८० का लागि ४२ करोड ४३ लाख ९ हजार १५० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । 

शुक्रबार सम्पन्न ११औँ गाउँ अधिवेशनबाट अध्यक्ष निशान्त शर्माले २७ करोड ६२ लाख ५ हजार १५० रुपैयाँ चालुतर्फ र १४ करोड ८१ लाख ४ हजार पुँजीगत बजेट सार्वजनिक गरेका हुन् । 

गाउँपालिकाले महिला स्वास्थ्य स्वयमसेविकाहरुको प्रोत्साहन भत्ताको लागि १५ लाख, कालिमाटी–सेर्ना–खानिभन्ज्याङ सडक स्तरोन्नतीका लागि एक करोड ४५ लाख, कुईभीर सडकका लागि ९० लाख विनियोजन गरेको छ ।