close

थुलुङ दूधकोसीको बजेट ५२ करोड रुपैयाँ

थुलुङ दूधकोसीको बजेट ५२ करोड रुपैयाँ

Trulli
ADVERTISEMENT

सोलुखुम्बु । थुलुङ दूधकोसी गाउँपालिकाकी उपाध्यक्ष सविता राईले आर्थिक वर्ष २०७९/०८० का लागि ५१ करोड ८३ लाख ९६ हजार ४०० रुपैयाँ बजेट प्रस्तुत गरेकी छन् । 

पालिकाको दोस्रो गाउँ सभाको पहिलो अधिबेशनमा प्रस्तुत बजेटअनुसार संघीय समानीकरण अनुदान १४ करोड २१ लख, शसर्त अनुदान २५ करोड २ लाख, राजश्व बाँडफाँट ८ करोड ५५ लाख ९३ हजार, समपूरक अनुदान एक करोड १० लाख, विशेष अनुदान ५० लाख, प्रदेश सरकारको समानीकरण अनुदान ७८ लाख १६ हजार, राजश्व बाँडफाँट २८ लाख ४३ हजार र आन्तरिक आम्दानी एक करोड ८ लाख ४३ हजार गरी ५१ करोड ८३ लाख ९६ हजार ४ सय रुपैँयाको बजेट ल्याइएको हो ।

गाउँपालिकाले कृषि, खानेपानी विद्युत् र  प्रविधिलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।