close

पारित नीति, कार्यक्रम तथा बजेट सम्बन्धी पुस्तिका च्यात्नेमाथि कारबाहीको माग

पारित नीति, कार्यक्रम तथा बजेट सम्बन्धी पुस्तिका च्यात्नेमाथि कारबाहीको माग

Trulli
ADVERTISEMENT

काठमाडौं । नुवाकोटको विदुर नगरपालिकामा एमालेका जनप्रतिनिधिले नगरपालिकाको कार्यपालिकाको बैठकबाट पारित वार्षिक नीति, कार्यक्रम तथा बजेट सम्बन्धी निर्णय गरिएको निर्णय पुस्तिका (माइन्युट) च्यातेको भन्दै  उजुरी परेको छ । 

विदुर नगरपालिका-४ का अध्यक्ष निलमबाबु ढुङ्गेलले माइन्युट च्यातेको भन्दै मेयर राजन श्रेष्ठले जिल्ला प्रशासन कार्यालय नुवाकोटमा उजुरी दिएका हुन् ।

सत्ता गठबन्धनका जनप्रतिनिधिबीच विवाद चुलिँदा विवादकै क्रममा एमालेका जनप्रतिनिधि सो माइन्यूट च्यातिएको थियो । 

शुक्रबार बिहान साढे ९ बजेतिर नगरपालिकाको कार्यालय प्रवेश गरी शाखा अधिकृत रामहरि खनालको हातबाट निर्णय पुस्तिका नियन्त्रणमा लिई च्यात्ने कार्य ढुंगेलले गरेको उजुरीमा उल्लेख छ ।  

च्यातिएको ढुंगेलले नै लगेको भन्दै उनीमाथि आवश्यक कानुनी कार्यवाही माग गरिएको छ ।