close

गल्छी गाउँपालिकाद्वारा ८५ करोड बजेट विनियोजन

गल्छी गाउँपालिकाद्वारा ८५ करोड बजेट विनियोजन

Trulli
ADVERTISEMENT

धादिङ । गल्छी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिकीकरण गरेको छ । गाउँसभा मार्फत उपाध्यक्ष भाईकाजी तिवारीले ८४ करोड ९२ लाख २७ हजार रुपैयाँको बजेट विनियोजन गरेका छन् ।

गाउँसभाले आगामी आर्थिक वर्षको लागि आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र, न्यायिक समिति, लैङ्गिक तथा सामाजिक समावेशीकरण, वातावरण तथा विपद् व्यवस्थापन लगायत शीर्षकमा बजेट विनियोजन गरेको हो । 

गाउँसभाले प्रशासनिक खर्चका लागि १३ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । शिक्षा सेवा,स्वस्थ्य सेवा, कृषि शाखा, पशु सेवा तर्फका कर्मचारीहरू तथा शिक्षकहरूको पारिश्रमिक खर्च र विकाससात्मक क्रियाकलापहरूका लागि २० करोड ४५ लाख ५८ हजार बजेट विनियोजन गरिएको छ । विशेष र समपूरक योजना तथा कार्यक्रमका लागि १२ करोड ८० लाख बजेट विनियोजन गरिएको छ। विषयगत योजना तथा कार्यक्रमका लागि ११ करोड ४४ लाख ३१ हजार रकम विनियोजन गरिएको छ । वडा स्तरीय योजना तथा कार्यक्रमका लागि ६ करोड बजेट विनियोजने उपाध्यक्ष तिवारी गाउँसभामा प्रस्तुत गरेका छन् । 

गाउँसभामा बजेट प्रस्तुत गर्दै उपाध्यक्ष तिवारीले ६० वर्ष पुगेका एकल पुरुषहरूलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्न रु. २ लाख ८० हजार रकम बजेट विनियोजन गरिएको बताएका छन् । बजेट प्रस्तुत गर्नुपूर्व गाउँपालिका अध्यक्ष केदारनथा खतिवडाले नीति तथा कार्यक्रम प्रस्तुत गरे ।