close

अझै ४५ स्थानीय तहको बजेट आउन बाँकी

अझै ४५ स्थानीय तहको बजेट आउन बाँकी

Trulli
ADVERTISEMENT

काठमाडौं । देशभरका ७५३ स्थानीय तहले असार १० भित्र बजेट ल्याइसक्नुपर्ने कानुनी व्यवस्था छ

तर, शु्क्रबारसम्म ७०८ स्थानीय तहले मात्र नीति कार्यक्रम तथा बजेट ल्याएका छन् । नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघको तथ्यांक अनुसार अझै १९ गाउँपालिका र २६ नगरपालिकाको बजेट आउँन बाकी छ ।

उक्त सूचना अनुसार सबैभन्दा धेरै मधेश प्रदेशको बजेट आउन बाँकी छ । मधेशका २० नगरपालिका र  १२ गाउँपालिकाको बजेट असार १०भित्र प्रस्तुत  हुन नसकेको हो ।  

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार संघले जेठ १५ गते, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गतेभित्रै बजेट ल्याउनुपर्ने व्यवस्था छ ।