close

कोटहीमाई गाउँपालिकाको बजेट ४७ करोड ३५ लाख

कोटहीमाई गाउँपालिकाको बजेट ४७ करोड ३५ लाख

Trulli
ADVERTISEMENT

रुपन्देही । कोटहीमाई गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाले १०औँ गाउँ सभामा ४७ करोड ३५ लाख अनुमानित बजेट प्रस्तुत गरेको हो ।

कोटहीमाई गाउँपालिका उपाध्यक्ष शुसिलाकुमारी यादवले बजेट प्रस्तुत गर्दै चालु तथा प्रशासनिक खर्चको लागि ७ करोड ४६ लाख ६० हजार बजेट बिनियोजन गरेको बताइन् । यस्तै प्रत्येक वडामा १ करोडका दरले ७ करोडको योजना निर्माण गरीएको उनले बताइन् । पालिका स्तरीय योजनाको लागि ८ करोड ७६ लाखको बजेट बिनियोजन गरिएको उनले जानकारी दिएकी छिन् । 

विषयगत शाखा तथा क्षेत्रगत विकास कार्यक्रमका लाग ३ करोड २३ लाख ७२ हजार, पालिकाका विद्यालयमा कार्यरत गापा अनुदान शिक्षकको तलब भत्ताको लागि १ करोड ९९ लाख ६७ हजार ४००, ससर्त तर्फ १८ कारोड ८९ लाख बजेट बिनियोजन गरिएको उपाध्यक्ष यादवले बताइन् ।

यस्तै आम्दानी तर्फ संघीय सरकार वित्तिय हस्तान्तण अन्तर्गत ३५ करोड ५० लाख ६९ हजार, प्रदेश सरकार वित्तिय हस्तान्तरण अन्तर्गत २ करोड ८४ लाख ६९ हजार, संघीय र प्रदेश सरकार राजस्व बाँडफाडबाट ११ करोड ३२ लाख ३१ हजार र आन्तरिक राजस्व १ करोडको लक्ष्य राखिएको उपाध्यक्ष यादवले बताइन् ।

गाउँपालिका अध्यक्षको सिफारिसमा हुने योजनाको लागि २ करोड र उपाध्यक्षको सिफारिसमा ७० लाखको विनियोजन गरिएको उनले बताएकी छन् ।