close

नगरको निगरानीमा प्रदेशका योजना

नगरको निगरानीमा प्रदेशका योजना

Trulli
ADVERTISEMENT

अछाम । सुदूरपश्चिम प्रदेश सरकारबाट कार्यान्वयनमा आएका साँफेबगर नगरपालिकाका सबै वडाका योजनाहरूको नगरपालिकाले कडा निगरानी गर्ने भएको छ । 

योजनाको काम गणस्तरीयतासहित समयमै सम्पन्न होस् भन्ने हेतुले नगरले निगरानी गर्ने भएको हो । नगरपालिकाले नगर क्षेत्रभित्रका योजनाहरूको कार्य सम्पन्न भुक्तानी गर्दा वडा कार्यालयको सिफारिसपत्र र नगर अनुगमन समितिको गुणस्तर प्रतिवेदन अनिवार्य पेश गर्नुपर्ने निर्णय गरेको हो । योजनाहरूको समिति गठन गर्दासमेत पालिकाले निगरानी गर्ने निर्णय भएको साँफेबगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद शर्माले बताए । 

नगर अनुगमन समितिले बेला-बेलामा योजनाहरूको अनुगमन मुल्यांकन गर्नेछ । बिहीबार बसेको दोस्रो नगरसभाको ९औं अधिवेशनको दोस्रो बैठकमा उक्त निर्णय गरिएको हो । वडा कार्यालयको सिफारिसपत्र तथा नगर अनुगमन समितिको प्रतिवेदनबिना योजनाको भुक्तानी भएको खण्डमा सम्बन्धित निकायमा लेखी पठाउने निर्णयसमेत भएको छ । 

कमिशनको चलखेलमा भित्रिने प्रदेश सरकारको कतिपय योजनाहरूको गरणस्तरहीन काम हुने गरेको आरोप लाग्ने गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा साफेबगर नगरपालिकाको वडा नम्बर १ मा तीन करोड, वडा नम्बर २ मा ६९ लाख वडा नम्बर ३ मा चार करोड ६३ लाख, वडा नम्बर ४ मा नौ करोड ३८ लाख, वडा नम्बर ५ मा २ करोड ५३ लाख, वडा नम्बर ६ मा ५ हजार, वडा नम्बर ७ मा ४ करोड ९४ लाख, वडा नम्बर ८ मा ८ करोड २६ लाख, वडा नम्बर ९ मा २ करोड १७ लाख, वडा नम्बर १० मा १ करोड ५८ लाख, वडा नम्बर ११ मा ७३ लाख, वडा नम्बर १२ मा ३७ लाख, वडा नम्बर १३ मा १ करोड ४० लाख र वडा नम्बर १४ मा ६ लाख रुपैयाँको योजना रहेको नगर प्रवक्ता मक्कर कुँवरले जानकारी दिए ।