close

अझै रोकिएन महिला हिंसा

अझै रोकिएन महिला हिंसा

ADVERTISEMENT

बलात्कार अनि बलात्कारपछि हत्या, त्यो पनि नाबालिकादेखि वृद्धासम्म ! कानुनले नै जघन्य ठानेको अपराध हो बलात्कार अनि हत्या । तर, मान्छे यही जघन्य अपराध गर्न उद्यत छ ।

 

दिनहुँजसो बलात्कार र हत्याका घटनाहरू सुन्नुपर्दा कानहरू पनि टिठलाग्दा भइसकेका छन् मान्छेका तर यो जघन्य अपराधमा कमी हुने देखिँदैन । अबोध बालिकादेखि पितृ समान वृद्धामाथि पनि बलात्कार भइरहेका छन् ।

 

मान्छेभित्रको राक्षसी स्वभावले न अबोध भन्यो, न त वृद्धा । अनि बलात्कारपछि मान्छेको ज्यानसमेत लिइएको छ अधिकांश घटनामा । आखिर किन यसरी बढिरहेको छ बलात्कार र हत्याको घटना ?