close

आठ वर्षमा पनि बनेन फोक्सिन्टारस्थित सुनकोशी नदीकोे पक्की पुल

आठ वर्षमा पनि बनेन फोक्सिन्टारस्थित सुनकोशी नदीकोे पक्की पुल

ADVERTISEMENT

निर्माण सुरु भएको आठ वर्ष बितिसक्दा पनि उदयपुर र खोटाङ दुई जिल्लालाई जोड्ने सुनकोशी नदीको फोक्सिन्टारस्थित पक्की पुल अझै बनेको छैन ।

 

गौरा पार्वती र वाईपिजेवी निर्माण कम्पनीको चरम लापरबाही भएपछि पुल निर्माणको काम बीचैमा अलपत्र परेको स्थानीयको आरोप छ ।

 

ठेक्का सम्झौताअनुसार गएको २०७५ मै निर्माण सम्पन्न हुनुपर्ने पुलको काम हालसम्म ३५ प्रतिशत मात्रै सम्पन्न भएको छ ।