close

क्षमता अभिवृद्धि तथा मेलमिलापकर्ताको लागि पुनर्ताजगीकरण प्रशिक्षण

क्षमता अभिवृद्धि तथा मेलमिलापकर्ताको लागि पुनर्ताजगीकरण प्रशिक्षण

Trulli
ADVERTISEMENT

रोल्पा । माडी गाउँपालिकामा क्षमता अभिवृद्धि तथा मेलमिलापकर्ताको लागि पुनर्ताजगीकरण प्रशिक्षण गरिएको छ । गाउँपालिकाको  न्यायिक समितिको आयोजनामा  घर्तिगाउँमा सो प्रशिक्षण सुरु भएको हो । 
    
न्यायिक समिति संयोजक एवम् गाउँपालिका उपाध्यक्ष जयपुरी घर्तिमगरको अध्यक्षतामा भएको कार्यक्रममा रोल्पा जिल्ला अदालतका न्यायाधीस खिमानन्द भुषालको प्रमुख आतिथ्यता रहेको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाको अनुसार प्रशिक्षण दुई दिनसम्म सञ्चालन हुने छ । न्यायिक समितिलाई थप सक्षम बनाउनका लागि र न्याय सम्पादनमा सहजता ल्याउनका लागि सो प्रशिक्षण दिएको हो । 

गाउँपालिकाका मेलमिलाप कर्तालाई तालिम दिइएको हो । तालिममा जनप्रतिनिधि तथा न्यायधिशको उपस्थिति रहेको गाउँपालिकाले जनाएको छ ।