close

मापदण्डविपरितको संरचना हटाउन रत्ननगरको निर्देशन

मापदण्डविपरितको संरचना हटाउन रत्ननगरको निर्देशन

Trulli
ADVERTISEMENT

चितवन । रत्ननगर नगरपालिकाले मापदण्ड पालना नगरी निर्माण भएका भवन तथा टहरा हटाउन निर्देशन दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै पालिका क्षेत्रमा मापदण्ड पुरा नगरी बनेको भवन। संरचना, अस्थायी टहरा हटाउन निर्देशन दिएको हो । 

नगरपालिकाको अनुसार पालिका क्षेत्रमा नक्सा स्वीकृत नगरी निर्माण भएको पाइएकोले सो संरचना हटाउन निर्देशन दिएको हो । मापदण्ड विपरित निर्माण भएका व्यक्तिले सूचना प्रकासित भएको ३५ दिनभित्र सो संरचना हटाउन निर्देशन दिएको नगरपालिकाले जनाएको छ । 

पालिकाले दिएको निर्देशन अटेर गरेमा नगरपालिकाले आवश्यक खर्च घरधनीसँग लिएर संरचना हटाउने सो सूचनामा उल्लेख गरिएको छ ।