close

गाउँ कार्यपालिका टाढा भएकाले सूर्मा आउँदैनन् मुद्दा

गाउँ कार्यपालिका टाढा भएकाले सूर्मा आउँदैनन् मुद्दा

Trulli
ADVERTISEMENT

बझाङ– सूर्मा गाउँपालिकामा न्यायिक समितिमा मुद्दाहरु कम आउने गरेको छ । जिल्लाकाे सदरमुकाममा धेरै बस्ती बढी भएकाले पालिकाकाे  न्यायिक समितिमा कम मुद्दा दर्ता हुने गरेकाे हाे । 

गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक रमलाकुमारी मन्डेल पुजाराका अनुसार पालिकाकाे कार्यपालिका भवन सदरमुकामबाट टाढा भएकाले कम मुद्दा दर्ता भएकाे हाे । पालिकामा भन्दा पनि जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालत नजिक भएकाले कम दर्ता भएकाे उनले पालिकाखबरलाई सुनाइन् । 

उनका अनुसार समितिमा हालसम्म तीन वटा मात्रै मुद्दा भएकाे छ । ती सबै मुद्दाकाे समितिले छिनाेफानाे गरिसकेकाे उनकाे दावी छ । उनका अनुसार समितिमा लेनदेन र बहुविवाहको मुद्दा मात्रै आउने गरेकाे छ ।

'लेनदेनको गाउँपालिकामै छिनेफानो गरेको थियौँ,' उनले भनिन् । गाउँपालिकाले गत वर्ष लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत जनचेतनामुलक कार्यक्रम गरेका उनले सुनाइन् । साेही कार्यक्रममार्फत समितिकाेबारे स्थानीय बासिन्दालाई जानकारी दिएकाे उनकाे दावी छ ।

चालूआर्थिक वर्षमा पनि जनचेतना मुलक कार्यक्रम गर्नुपर्ने योजना रहेको उनले बताइन । गत वर्ष न्यायिक समितिका लागि ७ लाख वजेट थियो भने चालू आर्थिक वर्षमा ५ लाख वजेट विनियोजन गरेको छ ।