close

नविकरण नभएको सवारी साधन नगरपालिकाको कब्जामा

नविकरण नभएको सवारी साधन नगरपालिकाको कब्जामा

Trulli
ADVERTISEMENT

इलाम - सुर्योदय नगरपालिकाले तीन पाङ्ग्रे सवारी साधनको अनिवार्य रुपमा नविकरण गर्न निदेशन दिएको छ । नगरपालिकाको सुशासन तथा क्षमता विकास समितिको बैठकको निर्णय अनुसार नगरपालिकाले सो निर्देशन दिएको हो ।

नगरपालिकाको अनुसार पालिकाभित्र दर्ता सूचीकरण भइ सञ्चालनमा भएका तीन पाङ्ग्रे सवारी साधनलाई नविकरण गर्न निर्देशन गरेको हो । पालिकाभित्र सञ्चालनमा रहेको सवारी साधनले आगामी ७ दिनभित्र नविकरण गर्नुपर्ने नगरपालिकाले जनाएको छ । 

निर्धारित समयभित्र नविकरण नभई सञ्चालनमा भएमा पालिकाले कारबाही गर्ने जनाइएको छ । नविकरण नभई सञ्चालन भएमा नगरपालिकाले कब्जामा लिने एक सूचनामार्फत जनाएको छ ।