close

लुम्बिनी साँस्कृतिकमा हरेक साेमबार सरसफाइ

लुम्बिनी साँस्कृतिकमा हरेक साेमबार सरसफाइ

Trulli
ADVERTISEMENT

रुपन्देही - लुम्बिनी साँस्कृतिक नगरपालिकालाई 'स्वच्छ र हरावरा नगर' बनाउन सरसफाइ अभियान सुरु गरिएको छ । नगरप्रमुख सजरुद्धीन मुसलमानको नेतृत्वमा सरसफाइ अभियान सुरु गरेकाे हाे । 

सरसफाइ कार्यक्रममा उपप्रमुख कल्पना हरिजनसहित नगरपालिकाका लुम्बिनी विकास कोष, युएनडिपी नेपाल, स्थानीय संघसंस्थाको सहकार्यमा साेमबारदेखि लुम्बिनीमा सरसफाइ अभियान सुरु भएकाे जनाइएकाे छ। सरसफाइको पहिलो दिनमा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न.१० अन्तर्गत गेट न.४ र ५ सरसफाइ गरिएको हो । प्रत्येक हप्ताको सोमबार सरसफाइ गरिने नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख मुसलमानले नगरलाई स्वच्छ र वातावरण अनुकूल बनाउन चाहेको बताए । घरायसी अथवा विभिन्न क्रियाकलापबाट निस्केका फोहोरलाई समुचित रुपमा व्यवस्थापन गर्न आग्रह गर्दै 'आफनो गाउँ, आफैँ सफा राखौँ' भन्ने अभियानलाई आत्मसाथ गर्नुपर्ने नगरप्रमुख सजरुद्धीनले उल्लेख गरे । फोहरमैला व्यवस्थापनलाई दिगो रुपमा समाधान गर्नका लागी प्रयास थालनी भइसकेको बताए ।

आफू संगसंगै टोल सफा राख्नु आजको आवश्यकता रहेको उपमेयर कल्पना हरिजनले बताइन् । फोहरले विभिन्न रोग निम्ताउने बताउँदै उपमेयर हरिजनले यसको सफाईमा मानव जिवन बढि संवेदनशिल बन्नुपर्ने बताइन्