सूर्योदयको गन्तव्य कन्यामलाई पछ्याउँदा...


  • change font
  • change font
  • change font


पाँचथर - शरद ऋतुमा खुलेको मौसमलाई आँखै वरिपरि राखेर नियाल्ने चाहना जोकसैमा पनि हुने गर्छ । दशैँ-तिहारकौ छेकोमै यस क्षेत्रमा उघ्रेको मौसमले सबैलाई लोभ्याउँछ । मनै फुरुंग हुने गरी खुलेको छ, इलामको सूर्योदय नगरपालिकाको कन्याम ।


चियाले प्रसिद्धि पाएको यो ठाउँ पर्यटनका लागि झनै आकर्षक छ । बर्सेनि ठूलो संख्यामा आन्तरिक पर्यटक आउने कन्याम सूर्योदय नगरपालिकाको महत्वपूर्ण गन्तव्य पनि हो ।

 

कन्यामलाई चिथोर्न आउने आगन्तुकका कारण यो क्षेत्रमा बाक्लो भीडभाड छ, यतिबेला । कन्याम आएकाहरू कतै घोडा चढेको देखिन्छ त कतै परम्परामा आधारित पोसाकामा सजिएर फोटो खिचिरहेका हुन्छन् । देश-विदेशमा समेत चर्चित कन्याम साँच्चिकै मनमोहक लाग्छ ।