ओझेलमा धवलागिरिको नर्जा झरना


  • change font
  • change font
  • change font

म्याग्दीको धवलागिरि गाउँपालिका- २ लमसुङस्थित नर्जा झरना पर्यटक आउने पर्खाइमा छ । पूर्वाधार र प्रचार-प्रसार अभावमा ओझेल परेको नर्जा झरनाको सौन्दर्य बखान गरिसाध्य छैन । गाउँपालिका केन्द्र मुनादेखि लमसुङ जाने बाटोमा पर्ने नर्जा झरनाले गुरिल्ला पदमार्ग, ढोरपाटन सिकार आरक्ष र गुर्जा आउजाउ गर्ने पर्यटकलाई लोभ्याइरहेको हुन्छ ।

 

झर्नाबाटै आकर्षक तलाउ बनेको छ । छङछङ गर्दै खस्ने झरनामा इन्द्रेणीको रंगले झनै लोभिन मन लाग्छ । एकान्त वातावरण र मनमोहक दृश्य नर्जाको विशेषता रहेको स्थानीय नवीन छन्त्यालको अनुभव बोल्छ । 


झरनाको नजिकै महतलासम्म सडक पुगेको छ । झरनामा छाँगारोहण खेल चलाएर पालिकाले आम्दानी लिन पनि सक्छ । त्यसका लागि झरना नजिकैको पाखोमा रंगीबिरंगी फूल बगैंचा स्थापना गरी झकिझाउ बनाउने काम भइरहेको पालिकाका उपाध्यक्ष रेशम छन्त्यालले सुनाए ।