बारीकान्लामा ढकमक्क सयपत्री


  • change font
  • change font
  • change font

तनहुँ - तिहार आउन अब पुगनपुग साता दिन बाँकी छ ।  तिहारमा सप्तरंगी टीका, मखमली र सयपत्री फूलको माला नेपालीहरूका लागि परिपूरक हुन् ।  फूलको पर्व तिहारमा हिन्दु संस्कारअनुसार यमपञ्चकको पाँचैं दिन फूल नभइहुन्न ।


तनहुँको शुक्लागण्डकी नगरपालिकामा तिहार लक्षित व्यावसायिक फूल खेती गर्ने किसान ह्वात्तै बढेका छन् । यहाँका किसानले सामूहिक र व्यक्तिगत रुपमा सयपत्री  फुलाउन थालेपछि यतिखेर बारीका कान्ला रंगीबिरंगी लाग्छन् । सयपत्री जताततै ढकमक्क फुलेको छ । नगरपालिकाको वडा-९ सुन्दरेस्थित सुरौदी खोला किनारमा सयपत्रीले लोभ्याउँछ,। 


शुक्ला सुरौदी लाइभ स्टक एग्रोले  दुई रोपनीमा लगाएको सयपत्री फुलेपछि बटुवालाई यसको सुगन्धले झनै मोहित बनाउँछ । नर्सरीमा एक हजार चार बोट सयपत्री लगाएका फर्म सञ्चालक ऋषेश्वर भुवाई  दुलेगौंडा, खैरेनीटार, कोत्रलगायतका बजारमा आफैंले माला उनेर बिक्री गर्ने योजना रहेको सुनाउँछन् ।