माटोमा निर्भर जीवन...


  • change font
  • change font
  • change font

सुनसरी - तिहार तथा छठपर्व लागेसँगै माटोका भाडाको उत्पादन बढेकाे छ तर, कारोबार भने घटेकाे छ । इनरुवाकी सावित्री पण्डीत दुई महिनादेखी बनाएर राखेका माटोका भाडा तथा मुतिृ लिएर बजार जाने गर्छिन् । कपडामा माटोका भाडाहरु सुरक्षीत रुपमा पोकोपार्दै उनले यसपटक व्यापार खस्केकाेमा चिन्तित छिन् ।

 

अघिल्ला बर्षमा १ लाखसम्म आम्दानी गर्ने गरेको सुनाउँदै उनले यसपटक कोरोनाले गर्दा व्यापार कम भएको बताइन् । कोरोनाका कारण यसपालिकाे छठ पनि अघिल्ला वर्ष जस्ताे नहुने देखिएपछि माटोका मूर्ती तथा घडाहरुको बिक्रीमा पनि  कमी  आउने उनको भनाई छ । 


सावित्रीका छिमेकी चण्डेश्वर पण्डीतलाई पनि भ्याइनभ्याई छ । उनलाई सामग्री बजारसम्म पुर्याउनुपर्ने झन्झट भने छैन । ठेकेदारले घरमै सामान लिन आउने भएपछी उत्पादन बढाउनमै उनी व्यस्त छन् । असोज देखी माघसम्म सिजनको समय भएकाले जतिसक्दो धेरै उत्पादनमा जोड दिने गरेको उनले सुनाए । 

 

आफुलाई पुग्ने धान आफ्नै खेतमा फलाउने गरेको बताउने पण्डीतको अन्य आम्दानीको श्रोत भनेकै माटोका भाडा बनाउनु हो । यसैबाट छोराछोरी पढाउने देखी सम्पूर्ण खर्च पुर्याउँदै आएको उनले बताए । 


चण्डेश्वर र सावित्री जस्तै इनरुवाका ३० भन्दा बढी परीवारको आम्दानीको श्रोतनै माटोका भाडा बनाउने हो । सप्तरी र सर्लाहीदेखी माटो ल्याएर उनीहरुले माटोका मूर्ति तथा पालाहरु बनाएर बिक्री गर्छन् ।