यसरी मनाइयो कार्तिक नाच (फोटो फिचर)


  • change font
  • change font
  • change font

ललितपुर: कात्तिक महिनाभरि संचालन गरिने पाटनको परम्परागत प्रसिद्ध नाच हो कार्तिक नाच । हरेक वर्ष कार्तिक कृष्ण प्रतिपदादेखि कार्तिक शुक्ल पूर्णिमासम्म देखाइने यो नाच केही वर्षदेखि कार्तिक शुक्ल षष्ठीदेखि त्रयोदशीसम्म छोट्याएर देखाइँदै आइएको छ ।

 

मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले हरेक वर्ष कार्तिक महिनामा नृसिंह नाचका रूपमा पाटन दरबारको पश्चिममा रहेको डबलीमा देखाउने गरेकाले यसलाई कात्तिक नाच भनिँदै आएको इतिहास छ । विष्णु पुराणको नृसिंह अवतारको कथामा आधारित यस नाचमा साताभर पोङ्गा, खीं, ताः र झ्याली बजाउँदै विष्णुका विभिन्न अवतारहरू प्रस्तुत गरिन्छ।

 

१६९७ सालमा राजा सिद्धिनरसिंह मल्लले आफ्ना गुरु तथा ज्योतिषहरूको सल्लाहअनुसार देश तथा जनताको कल्याणका लागि कात्तिक महिना पारेर सो नाच चलाएका थिए ।


सांस्कृतिको दृष्टिकोणबाट पनि यो नाच महत्त्वपूर्ण मानिन्छ । यस नाचले ऐतिहासिक मल्लकालको संस्कृति झल्काएको छ । यो नाच मल्लकालमा सुरु गरिएकाले यसले त्यसबेलाको समयलाई प्रतिनिधित्व गरेको इतिहासकारहरू बताउँछन् ।