केमा व्यस्त हो मेयरसा’ब ! 


  • change font
  • change font
  • change font

धनुषा - सीतारामको कथा रामायणमा उल्लेख छ । त्यस्तै, अवध (अयोध्या) र मिथिला (जनकपुर)को व्यख्यान पनि त्रेतायुगदेखि नै हुँदै आएको छ । 


विवाह पंचमीको समय नजिकिँदै गर्दा राम र सीताको स्वयंवर हुने स्थान ऐतिहासिक रंगभूमि बारहबिघामा फोहोर छरपस्ट छ । न जनकपुरधाम उपमहागरपालिका कर्यालयको ध्यान पुगेको छ, न त नगरप्रमुख लालकिशोर साहको नै । 


वडा अध्यक्ष पनि खै केमा व्यस्त छन्, अत्तोपत्तो छैन । जनकपुरको हृदयस्थलीको बीच भागमा रहेको बारहबिघाको उत्तरतर्फ मूल गेट अगाडि नै भित्रपट्टि फोहोरको डंगुर नै बनेको छ । तर, सरोकारवाला निकाय यसबारे मुक दर्शक बनेका छन् । 


यतिबेला मैदानमा जनकपुर टी-२० को आयोजन हुँदै छ । जनकपुरबाहिरबाट सयौँ खेलाडी र दर्शक बारहबिघा आउने गरेका छन् । 


सबैले फोहोरको थुप्रो देखेर नाक खुम्च्याउँदै जाने गरेको दृश्य मात्र देखिन्छ यहाँ । जनकपुरधाम उपमहानगरका प्रमुख लालकिशोर साह भने भारतीय दूतावासले सहयोग गरेको विद्यालयको स्कुल बसको उद्घाटन गर्न व्यस्त छन् ।

 

कहिले सामाजिक संजालमा झाडु लिएर नगरका विभिन्न वडामा गएको दृश्य हाल्दै काम गरिरहेको आभास जनतालाई गराउँछन् । नगरवासी भने यसबाट निकै असन्तुष्ट छन् ।