जुम्ला - नेपाली भाषा साहित्यको उद्गम थलो जुम्लाको सिन्जा क्षेत्रमा रहेका प्राचीन, ऐतिहासिक, धार्मिक स्थलको प्रचारप्रसार गरी जिल्लामा आन्तरिक तथा विदेशी पर्यटक भित्र्याउने उद्देश्यले ०६४ मा तयार पारिएको सिन्जा पर्यटन गुरुयोजना ५ वर्षसम्म अलपत्र परेको छ ।
जिल्लाभित्रका मठमन्दिर, देवल, रीतिरिवाज भेषभूषा, हुड्के नाच, बालो, चम्फा, मागल, झोडा, देउडा, विराट दरबारको संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गुरुयोजना बनाइए पनि सरोकारवाला पक्षको बेवास्ताका कारण योजनाले मूर्त रुप लिन सकेको छैन ।
सिन्जा क्षेत्रका बुद्धिजीवी, समाजसेवी, स्थानीय राजनीतिक दललगायतको पहलमा सिन्जा गुरुयोजना बनाई साकिकको जिविस, पर्यटन मन्त्रालय, पुरातात्विक विभाग, राष्ट्रिय योजना आयोग र स्थानीय तहमा पेस गरिएको गुरुयोजना कार्यान्वयन नहुँदा अलपत्र परेको हो ।