धनुषा- प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा जनकपुरधाम उपमहानगरपालिकाले सरसफाइमा ध्यान नदिएको जनगुनासो आइरहेका बेला बुधबार बिहान उपमहानगरप्रमुख लालकिशोर साह तामझामका साथ कुचो लिएर जनकपुरस्थित राम चोक पुगेर आफैँ सफाइ गर्न थाले ।
सफाइका क्रममा जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष ललित साह र उपमहागरपालिकाका सफाइ कर्मचारीले पनि प्रमुख साहलाई सघाएका छन् ।
विवाह पञ्चमीको दोस्रो दिन राम मन्दिर क्षेत्रमा सरसफाइ गरिएको हो । पर्यटन बोर्ड र जनकपुरधाम उपमहानगरपालिकासँगको सम्झौताअनुसार पर्यटन क्षेत्रमा कार्यरत कमजोर आर्थिक अवस्थाका श्रमिकको जीवनयापनमा सहयोग पुग्ने अभिप्रायले सरसफाइ कार्यक्रम संचालन गरिएको नगरप्रमुख साहले सामाजिक संजालमार्फत जानकारी दिएका छन् । साहले लेखेका छन्, 'कार्यक्रमबाट पर्यटन मजुदरलाई केही दिन भए पनि रोजगारी मिलेको छ ।'
हेर्नुहोस् फोटो: