सुदूरपश्चिमकै लामो पदमार्ग : सिद्ध मकरीकोट


  • change font
  • change font
  • change font



दार्चुला - समुद्री सतहबाट २ हजार ५ सय मिटर उचाइमा रहेको दार्चुलाको अपी हिमाल गाउँपालिकामा सुदूरपश्चिमकै लामो पदमार्ग निर्माण भइरहेको छ ।

 

सिद्ध मकरीकोट पदमार्ग नाम दिएर निर्माण सुरु भएको यो पदमार्ग बनेपछि मकरीगाडबाट मकरीकोट चढ्न झन्डै तीन घन्टाको समय छोट्टिनेछ भने बाटोमा घोडा खच्चड, भेडाबाख्रा, पशुचौपाया र मानिसहरुलाई पनि पैदल यात्रामा सहज हुनेछ ।


संघीय सरकार, सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय सरकारको समपूरक अनुदानमा अपि हिमाल गाउँपालिकाका वडा नम्बर– ५ मकरीगाडदेखि वडा नम्बर– ४ कोट हुँदै खात्तीसम्म पदमार्ग निर्माण भइरहेको छ ।

८ हजार २ सय ८२ खुट्किलासहितको उक्त पदमार्ग निर्माण हुने अपि हिमाल गाउँपालिकाका इन्जिनियर रामचन्द्रसिह ठगुन्नाले बताए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

तस्बिर : नरेन्द्रसिंह कार्की