close

‘अध्यादेश, विद्यादेश हुँदै सिध्यादेशको राजनीति’

‘अध्यादेश, विद्यादेश हुँदै सिध्यादेशको राजनीति’

Trulli
ADVERTISEMENT

 

बाजुरा– सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई सिध्यादेशतिर लगेको बताएका छन् ।


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्यसमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री शाहले राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन सिफारिस सदर गर्नु कलंकको टीका भएको बताए । उनले प्रधान्मन्त्री ओली र राष्ट्रपति भण्डारीले देशलाई अध्यादेश, विद्यादेश हुँदै सिध्यादेशतिर लगेको आरोप पनि लगाए ।


प्रचण्ड–नेपाल खेमाद्वारा मंगलबार आयोजित देशव्यापी विरोध प्रदर्शनका क्रममा बाजुराको सदरमुकाममा मार्तडी आयोजित सभालाई सम्बोधन गर्दै उनले संविधानमा हुँदै नभएको व्यवस्थालाई प्रयोग गरेर प्रतिनिधिसभा विघटनको प्रस्ताव गर्नु गलत रहेको र यो सरासर सिध्यादेशको पहल कदमी भएको दाबी गरे ।


मन्त्री शाहले संविधानमाथिको यो निर्मम प्रहारलाई सच्याउने कोसिस गरिएन भने भोलि नेपाली जनता सडकमा आउने चेतावनीसमेत दिए । नेपाली जनतामा जागरण र चेतनाको नयाँ युग प्रारम्भ भएको उल्लेख गर्दै उनले ‘प्रतिगमनकारी’लाई खबरदारी गरे । प्रधानमन्त्री ओलीले आफैँले बनाएको संविधानको उलंघन गरेको बताउँदै उनले आफैँले नभनेसम्म इतिहासले र नेपाली जनताले माफी नदिने उनको भनाइ छ ।


सिंगो देशले यो कदम असंवैधानिक, अलोकतान्त्रिक कदम हो भनेर भनिसकेको नेता शाहले बताए । हाम्रो सम्मानित अदालतले सिंगो देशको भावनालाई सम्मान गर्ने बताउँदै उनले सर्वोच्च अदालतले नेपालको संविधानको मर्म र भावनालाई नेपाली जनताले पूर्ण विश्वास गर्ने बताए ।


देशभर भएको प्रदर्शन जनताले गरेको सहजीकरण हो भन्ने रूपमा बुझिदिन आग्रह गर्दै उनले आन्दोलनको सुरुवात मात्र भएको पनि प्रस्ट पारे ।