close

नेकपा फुटको असरः पालिकामा पनि सुरु भयो कार्यकर्ता तानातान

नेकपा फुटको असरः पालिकामा पनि सुरु भयो कार्यकर्ता तानातान

Trulli
ADVERTISEMENT

नवलपरासी पश्चिम– पश्चिम नवलपरासीका नेकपा ओली पक्षको अगुवा कार्यकर्ता भेला तीब्र बनाएको छ । पार्टीको दाहाल नेपाल समूहले पाल्हीनन्दनमा जिल्ला भेला तथा प्रशिक्षण गरेलगतै ओलीपक्षले पालिकास्तरका भेला तीब्र बनाएको हो ।

 

सो क्रममा ओली समुहले बर्दघाट नगरपालिका र रामग्राम नगरपालिकामा भेला गरेको छ । बर्दघाटमा सोमवार भएको भेलामा पार्टीका केन्द्रीय सदस्य बद्रीनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीबाटै काम गर्न नदिएका कारण बाध्यताबश संसद बिघटन गर्नुपरेको बताए । उनले पार्टीले सरकारलाई काम गर्न नदिएपछि संसद विघटन भएको तर्क गरे ।

 

केन्द्रीय सदस्य सरिता भुसालले नेकपाको मुलबाटोमा यही भएको बताइन । उनले मूलबाटो छोडेर नजान नेता कार्यकर्तालाई आब्हान गरिन् । कार्यक्रममा  बर्दघाट नगर उपप्रमुख मायादेवी पौडेल रुक्मागत ज्ञवाली, बर्दघाट–४ का वडाध्यक्ष रविन्द्रबिक्रम हमाल, अनेमसंघ जिल्ला संयोजक राधा ढकाललगायतले बोलेका थिए ।


बर्दघाट नगरमा नेकपाको अन्तरसंर्घष चुलिएको छ । नेता कार्यकर्ताहरु पूर्वसमूहमा लाग्ने र समूह परिर्वतन गर्न चलखेल गर्ने क्रमले तीब्रता पाएको छ । कार्यकर्ता तानतान अवस्थामा छन् ।

नेकपा रामग्रामको अध्यक्षमा यादव


प्रधानमन्त्री ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रामग्राम नगर कमिटीको अध्यक्षमा हरिलाल यादव चयन भएका छन् । नेकपा रामग्राम नगर कमिटीको सोमवार सम्पन्न विस्तारित भेलाले अध्यक्षमा यादव र सचिवमा दीपक गैरेलाई चयन गरेको हो ।

 

जनसांस्कृतिक महासंघमा जलेसा प्रदेश इन्चार्ज

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट जनसांस्कृतिक महासंघ नेपालको विस्तारित बैठक सम्पन्न भएको छ । काठमाडौँमा भएको बैठकले महासंघकी केन्द्रिय सदस्य सिन्धु जलेसा बुढाथोकीलाई लुम्बिनी प्रदेशको ईन्चार्जको जिम्मेवारी दिएको छ ।

 

 जलेसा नेकपा(ओली समूह)को केन्द्रिय सदस्य समेत हुन । यसैगरी पश्चिम नवलपरासीबाट राजकुमार श्रेष्ठ जनसांस्कृतिक महासंघको केन्द्रिय सदस्यमा मनोनित भएको महासंघले जनाएको छ ।