close

बझाङका कलिला विद्यार्थी दलीय भागबन्डामा

पढ्ने समय पार्टीका संगठन विस्तार र जुलुसमा जानैपर्ने उर्दी

बझाङका कलिला विद्यार्थी दलीय भागबन्डामा

पढ्ने समय पार्टीका संगठन विस्तार र जुलुसमा जानैपर्ने उर्दी

Trulli
ADVERTISEMENT

बझाङ– बझाङमा चिचिला विद्यार्थी बालबालिकामाथि राजनीतिक हस्तक्षेप हुन थालेको छ । नेपाल कम्युनिस्ट पार्टी दुवै पक्ष र कांग्रेसले बालबालिकाको पढाइलाई अवरोध गरेर पार्टीका संगठन विस्तार र जुलुसमा सहभागी गराउन थालेका हुन् ।

 

जिल्लाका विभिन्न ठाउँमा अहिले दुवै नेकपाको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले नयाँ संगठन विस्तार, पार्टी प्रशिक्षण गरिरहेको छ कांग्रेसले स्थानीय तहस्तरीय विरोधसभामा विद्यालय बन्द गरी नारा जुलुसमा सहभागी गराएको छ ।

 

कांग्रेसले खप्तडछान्ना र साइपाल गाउँपालिकामा पार्टीको विरोध जुलुसमा र अनेरास्ववियुले जिल्लाका प्रायजसो विद्यालयमा पढाइ अवरोध गर्दै संगठन विस्तार गरिरहेको छ ।

 

बालबालिकाको हितविपरीत गरिने पार्टीका कार्यक्रमले बालबालिकाको दुरुपयोग भएको शिक्षक लक्ष्मण उपाध्यायले बताए । अधिवक्ता मोहन दौल्यालले पनि यो कार्य बालबालिका हितविपरीत भएकाले उनीहरूमाथि गरिने राजनीतिले बालश्रम गराएसरह हुने दाबी गरे ।

 

जसले आफ्नै भविष्यबारे बुझेका हुँदैनन्, उनीहरूलाई राजनीतिक कार्यक्रममा सरिक गराइनु संस्कारबिनाको राजनीति हुने स्थानीय युवा इन्द्र विष्ट सुनाउँछन् ।