close

स्थानीय तहलाई पूर्वाधार र शिक्षामा लगानी बढाउन सुझाव

स्थानीय तहलाई पूर्वाधार र शिक्षामा लगानी बढाउन सुझाव

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– संघीय सांसद एवं एमाले नेता योगेशकुमार भट्टराईले पूर्वाधारको सबलीकरण र शिक्षा क्षेत्रमा लगानी बढाउन स्थानीय तहहरूलाई सुझाएका छन् ।
पूर्वपर्यटनमन्त्रीसमेत रहेका भट्टराईले सडक र भवनजस्ता भौतिक पूर्वाधारतर्फका काममा मात्र जनप्रतिनिधिको ध्यान जाँदा पूर्वाधारभित्रका अत्यावश्यक आवश्यकता ओझेल परेको बताए ।


गृहजिल्ला ताप्लेजुङको जिल्ला समन्वय समितिले आयोजना गरेको आर्थिक वर्ष २०७७/७८ को वार्षिक समीक्षा कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै भट्टराईले शिक्षा क्षेत्रमा लगानी बढाउन र नयाँ पूर्वाधारमा नभई विद्यमान पूर्वाधारको सबलीकरणमा ध्यान दिन स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरे ।


जनताको मनलाई मतको रूपमा र उनैले तिरेको करबाट पारिश्रमिक सुविधासमेत लिएकाले जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्ने उनको भनाइ छ । 
जनताप्रति उत्तरदायी बन्ने प्रक्रियाले नै लोकतान्त्रिक व्यवस्थाको जग अझ बलियो रूपमा स्थापित हुने उनले बताए ।

 

स्थानीय तह संघीयता कार्यान्वयको महत्त्वपूर्ण र जनताको सबैभन्दा नजिकको सरकारको भएकाले सोहीअनुरूप काम गर्नुपर्ने धारणा उनको छ । ताप्लेजुङका केही स्थानीय तहले बेरुजु फस्र्र्योटमा उल्लेख्य प्रगति हासिल गरेकोतर्फ संकेत गर्दै उनले भने, ‘बेरुजु फस्र्योट र आर्थिक अनुशासनमा नेपालकै अब्बल स्थानीय तहको रूपमा ताप्लेजुङको नाम आउँदा खुसी लागेको छ ।’


बेरुजु फस्र्र्योटमा ताप्लेजुङको सिरिजंगा गाउँपालिका देशकै दोस्रो, पाथीभरा याङ्बरक तेस्रो र फुङ्लिङ नगरपालिका ११औँ स्थानमा बेरुजु कायम रहेको स्थानीय तह भएका छन् ।

 

प्रदेशसभा सदस्य प्रतापप्रकाश हाङ्गामले तीन तहका सरकारले मिलेर देशलाई समृद्धितिर लैजानुपर्ने आवश्यकता औँल्याए । यसका लागि तीनै तहका सरकार जवाफदेही हुनुपर्ने सांसद हाङ्गामको भनाइ छ ।