close

कांग्रेस अधिवेशन : कर्णालीका पालिकाभरि सभापति जित्ने महिला संख्या १

कांग्रेस अधिवेशन : कर्णालीका पालिकाभरि सभापति जित्ने महिला संख्या १

Trulli
ADVERTISEMENT

जुम्ला–  नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत कर्णालीका ६० स्थानीय तहमा पार्टीको नयाँ नेतृत्व चयन भएको छ । ७९ स्थानीय तह रहेको कर्णालीका डोल्पा र सुर्खेतबाहेक अन्य जिल्लाका ६१ पालिकामा अधिवेशन सम्पन्न भएको हो । 

 

जाजरकोटको कुशे गाउँपालिकामा दुई पक्षबीचको विवादका कारण अधिवेशन स्थगित भएको छ भने ६० पालिकामा कांग्रेसको नेतृत्व चयन भएको हो । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच अधिकांश पालिकामा स्पर्धा भएको छ । कालीकोट, रुकुम पश्चिमसहित केही जिल्लामा सर्वसम्मत नेतृत्व चयन गरिएकाले धेरैजसो पालिकाका सभापतिको खेमा स्पष्ट हुन सकेको छैन ।


हुम्लामा कांग्रेस नेता जीवनबहादुर शाहीको प्रभावका कारण पौडेल पक्ष कमजोर देखिएको छ । दैलेख, सल्यान, जुम्ला, जाजरकोट, मुगुमा पौडेल पक्ष अगाडि देखिएको छ ।


अघिल्लो पटक कर्णालीमा वर्चस्व राखेको पौडेल पक्षले यस पटक पनि कर्णालीका पालिका स्तरमा आफ्नो पकड कायम राख्न सकेको छ । पालिका अधिवेशन सकिएसँगै अब जिल्ला अधिवेशनतिर सबैको ध्यान केन्द्रित हुन थालेको छ ।


वडा तहको निर्वाचनमा महिला र युवाको सहभागिता उल्लेख्य देखिए पनि पालिकाको निर्वाचनमा भने महिलाको उपस्थिति न्यून छ । ६० स्थानीय तहमा अधिवेशन भएकामा कालीकोटको पलाता गाउँपालिकाको नेतृत्वमा धीरा बम एक मात्र महिला सभापतिका रूपमा चयन भएकी हुन् ।

 

हुम्ला : को–को बने सभापति

 

नाम्खा गाउँपालिकामा : सोनमबहादुर लामा (संस्थापन)


सिमीकोट गाउँपालिका : धर्मराज रोकाया (संस्थापन)


खार्पुनाथ गाउँपालिका : तप्तबहादुर शाही (संस्थापन)


चंखेली गाउँपालिका : नरबहादुर भण्डारी (संस्थापन)


अदानचुली गाउँपालिका :  विष्णु भण्डारी (संस्थापन)


ताँजाकोट गाउँपालिका : कृष्णबहादुुर मल्ल (संस्थापन)


सर्केगाड गाउँपालिका :  धनराज शाही (पौडेल समूह)

 

रुकुम पश्चिम : को–को बने सभापति 

 

मुसीकोट नगरपालिका : प्रेम ओली (संस्थापन)


आठबीसकोट नगरपालिका : अमृत बोहरा


चौरजहारी नगरपालिका : प्रेमबहादुर ओली


बाँफीकोट गाउँपालिका : जनककुमार बाँठा


सानोभेरी गाउँपालिका : सन्तोष रोकाया


त्रिवेणी गाउँपालिका :  दीपेन्द्रकुमार ओली

 

दैलेख : को–को बने सभापति 

 

नारायण नगरपालिका : मनोजकुमार थापा (संस्थापन)


दुल्लु नगरपालिका : लालबहादुर रावत (सर्वसम्मत, संस्थापन)


आठबीस नगरपालिका : अर्जुन शाही (संस्थापन)


चामुण्डाबिन्द्रासैनी नगरपालिका : जगतबहादुर शाही (संस्थापन)


डुंगेश्वर गाउँपालिका : जगतबहादुर शाही (संस्थापन)


ठाटीकाँध गाउँपालिका : विष्णु रिजाल (पौडेल समूह)


गुराँस गाउँपालिका :  चन्द्रप्रसाद भट्टराई (पौडेल समूह)


भगवतीमाई गाउँपालिका : खगेन्द्रबहादुर शाही (पौडेल समूह)


भैरवी गाउँपालिका : हेमलाल जैशी (पौडेल समूह)


महावु गाउँपालिका :  कर्णबहादुर शाही (पौडेल समूह)


नौमूले गाउँपालिका : गंगबहादुर शाही (पौडेल समूह)

 

कालीकोट :  को–को बने सभापति 

 

खाँडाचक्र नगरपालिका : भानुभक्त आचार्य


तिलागुफा नगरपालिका : धीरेन्द्र थापा


पलाता गाउँपालिका : धीरा बम (महिला)


नरहरिनाथ गाउँपालिका : रामबहादुर बटाला


सान्नी त्रिवणी गाउँपालिका :  वीरेन्द्र केसी


पचालझरना गाउँपालिका :  प्रजापति सञ्ज्याल


शुभकालिका गाउँपालिका :  दीर्घ शाही


महावै गाउँपालिका : पुराधी अधिकारी


रास्कोट नगरपालिका :  वीर फर्साल

 

सल्यान : को–को बने सभापति 


बागचौर नगरपालिका : दीपेश बिसी


कालीमाटी गाउँपालिका : गणेश केसी (पौडेल समूह)


शारदा नगरपालिका : दीपक हमाल (पौडेल समूह)


बनगाढ कुपिण्डे नगरपालिका : पुरुषोत्तम आचार्य (पौडेल समूह)


शिद्धकुमाख गाउँपालिका : वीरबहादुर बुढाथोकी (संस्थापन)


कुमाख गाउँपालिका : इन्द्र शाही (संस्थापन)


दार्मा गाउँपालिका : कृष्णबहादुर ओली (संस्थापन)


कपुरकोट गाउँपालिका : एकराज ओली (पौडेल समूह)


त्रिवेणी गाउँपालिका : गंगाराम पुन (पौडेल समूह)


छत्रेश्वरी गाउँपालिका : सीता केसी (संस्थापन)

 

जुम्ला : को–को बने सभापति


कनकासुन्दरी गाउँपालिका : लालबहादुर बुढा


सिंजा गाउँपालिका : गोविन्द शर्मा (संस्थापन)


हिमा गाउँपालिका : नरबहादुर शाही


तिला गाउँपालिका : भक्तबहादुर रोकाया


तातोपानी गाउँपालिका : धनप्रसाद चौलागाईं


चन्दनाथ नगरपालिका : रवि थापा


गुठीचौर गाउँपालिका : टेक भण्डारी (संस्थापन)


पातरासी गाउँपालिका : गोरख बोहरा

 

जाजरकोट : को–को बने सभापति

 

छेडागाढ नगरपालिका : टोपेन्द्र अधिकारी (संस्थापन)


जुनीचाँदे गाउँपालिका :  वीरेन्द्र शाही (संस्थापन)


शिवालय गाउँपालिका : जस्वीर ओली (संस्थापन)


भेरी नगरपालिका : शशी बुढा (संस्थापन)


बारेकोट गाउँपालिका : रामचन्द्र जोशी (पौडेल समूह)


नलगाढ नगरपालिका :  जयबहादुर सिंह (पौडेल समूह)

 

मुगु : को–को बने सभापति


खत्याड गाउँपालिका : लोगराज दाहाल


छायानाथ रारा नगरपालिका : राजबहादुर सेजुवाल (पौडेल समूह)


मुगुम कार्मारोङ गाउँपालिका : गारा तामाङ (पौडेल समूह)


सोरु गाउँपालिका : कुवेरजंग शाही (संस्थापन)