close

जुम्ला कांग्रेस अधिवेशन : प्रदेश ‘क र ख’ मा पौडेल समूहकै वर्चस्व 

जुम्ला कांग्रेस अधिवेशन : प्रदेश ‘क र ख’ मा पौडेल समूहकै वर्चस्व 

Trulli
ADVERTISEMENT

जुम्ला– नेपाली कांग्रेस जुम्लाले वडा, पालिका र प्रदेश तहका अधिवेशन सम्पन्न गर्दै आएको छ । वडा तहमा सहमतिमै नेतृत्व चयन गरे पनि पालिका र प्रदेशमा भने निर्वाचन प्रणालीबाटै नेतृत्व चयन गरेको हो ।

 

गाउँ तथा नगरपालिकाको वर्चस्व जमाउँदै आएको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले प्रदेश तहमा पनि वर्चस्व कायम गरेको छ । दुवै क्षेत्रमा पौडेल पक्षको प्यानलै विजयी भएको हो ।  प्रदेश ‘क’ का सभापति लक्षिमन बोहरो ४९८ मा २४९ मत ल्याएर विजयी भए । प्रतिस्पर्धी विष्णुबहादुर शाहीले २३१ मत प्राप्त गरे । त्यस्तै, पौडेल पक्षकै उपसभापति रुपबहादुर रोकायले २७९ र तिलकप्रसाद न्यौपानेले २५० मत प्राप्त गरी विजयी भए ।  प्रदेश ‘ख’ को निर्वाचनमा सभापतिमा कालीबहादुर बुढा विजयी भएका छन् । उनी पनि पौडेल समूहकै हुन् ।

 

विजयी उम्मेदवार बुढाले ४९० कुल मतमध्ये २४२ मत प्राप्त गरेको सहायक मतदान अधिकृत खगेश्वर आचार्यले जानकारी दिए । प्रतिस्पर्धी देउवा पक्षका भीमनिधि हमालले १९९ मत ल्याए ।


उपसभापति दानसिंह खत्रीले २६६ र कालीबहादुर बुढाले २५४ मत ल्याएर विजयी भएको सहायक मतदान अधिकृत आचार्यले बताए । २३ सदस्यीय प्रदेश क्षेत्रीय कार्यसमितिमा जुम्ला प्रदेश ‘क र ख’ दुवैमा पौडेल समूहले संस्थापनलाई किनारा लगाएको छ ।


त्यसैगरी १६ प्रदेश क्षेत्रीय प्रतिनिधिमा पनि सबै पौडेल पक्षका उम्मेदवारले जितेका छन् । कांग्रेस प्रदेश ‘क र ख’ मा पौडेल पक्षको जितसँगै संस्थापनलाई जुम्लामा झट्का लागेको छ । 


जिल्ला सभापतिमा पनि पौडेल समूहकै जित हुने नेताहरूले दाबी गर्दै आएका छन् । पौडेल समूहबाट जिल्ला सभापतिमा एक जना आकांक्षी देखिएका छन् भने देउवा समूहबाट पाँच जना आकांक्षी छन् । 

 

वर्तमान सभापति दीपबहादुर शाही पौडेल समूहका सभापति आकांक्षी हुन् भने देउवा समूहबाट सभापतिका लागि पार्टी सचिव कर्णबहादुर शाही, नेता खड्क सेजुवाल, पूर्ववनमन्त्री भक्तबहादुर रोकाया, लंकबहादुर शाही र चन्दननाथ नगरप्रमुख कान्तिका सेजुवालको नाम चर्चामा छ ।