close

एमाले अधिवेशन : मध्यपुर थिमिमा श्रेष्ठ

एमाले अधिवेशन : मध्यपुर थिमिमा श्रेष्ठ

Trulli
ADVERTISEMENT

भक्तपुर– नेकपा एमालेको अधिवेशनबाट मध्यपुर थिमि नगर कमिटी सर्वसम्मत चयन भएको छ । अधिवेशनले सूर्यलाल श्रेष्ठको अध्यक्षतामा ७५ सदस्यीय सर्वसम्मत नेतृत्व चयन गरेको हो । 

 

यस्तै, उपाध्यक्षमा प्रकाश थापा मगर, सचिवमा सुमन जोशी र उपसचिवमा बिन्दु प्रजापति सर्वसम्मत चुनिएका छन् । भक्तपुरका चार स्थानीय तहमा यसअघि चाँगुनारायण नगर कमिटीमा रामप्रसाद तिमिल्सिना र सूर्यविनायक नगरपालिकामा रवीन्द्र सापकोटा चुनिएका छन् ।  अब भक्तपुरका चार नगरमध्ये भक्तपुर नगरपालिका कमिटीको मात्रै नयाँ नेतृत्व छनोट हुन बाँकी छ ।