close

उदयपुर कांग्रेसको क्षेत्रीय निर्वाचनमा संस्थापन पक्षको वर्चस्व

उदयपुर कांग्रेसको क्षेत्रीय निर्वाचनमा संस्थापन पक्षको वर्चस्व

Trulli
ADVERTISEMENT

उदयपुर–  नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत उदयपुरको क्षेत्रीय निर्वाचनमा संस्थापन पक्ष विजयी भएको छ । निर्वाचन क्षेत्र १ मा खगेन्द्र राई र २ मा रामकुमार राई सभापतिमा विजयी भएका हुन् । दुवै पार्टी सभापति शेरबहादुर देउवा निकटका हुन् । 

 

निर्वाचन क्षेत्र १ मा खगेन्द्रले ३४४ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी वसन्तकुमार बस्नेतले ३३४ मत पाए ।  क्षेत्रीय समितिको कार्यसमितिमा संस्थापनको प्यानलै विजयी भएको छ । सचिवमा सुशील खत्री, सन्तोष कोइराला, सहसचिवमा ओमकुमार कट्टेल, बेचुदास चौधरी, क्षेत्रीय सदस्य खुलातर्फ मौसम राई, शालिग्राम खड्का, महिला खुलातर्फ विजयलक्ष्मी दाहाल अधिकारी, क्षेत्रीय सदस्य ‘ख’ अर्जुनकुमार कटुवाल, दुर्गाप्रसाद कठेत निर्वाचित भए ।

 

यस्तै, प्रदेश सदस्य ‘ख’ महिलातर्फ मीना दनुवार, क्षेत्रीय सदस्य खुलातर्फ लक्ष्मी अधिकारी, हरिनारायणदास चौधरी, हरिबहादुर कार्की, क्षेत्रीय सदस्य खुला महिलातर्फ रन्तकुमारी खड्का, क्षेत्रीय सदस्य खस आर्यबाट अम्बरबहादुर कटुवाल, खस आर्य महिलाबाट गोमा खड्का, आदिवासीबाट टीकाराम तामाङ, शोभा थापा, दलितबाट भीम विश्वकर्मा र मुस्लिमबाट सहरूल मियाँ निर्वाचित भए ।


 
त्यसैगरी निर्वाचन क्षेत्र २ बाट रामकुमार राई विजयी भएका छन । राईले ३१९ मत पाएर विजयी भएका हुन । उनका निकटतम रामकुमार खत्रीले ३०४ मत पाए । सचिवमा मोहनसिंह ठकुरी, हिराकुमार कार्की विजयी भए ।

 

सहसचिवमा कमलबहादुर कटुवाल र वीरेन्द्रकुमार राई विजयी भए । सदस्यमा खुलातर्फ कुमारी अधिकारी, चन्द्रबहादुर कार्की, हेम राई, आदिवासी जनजातिबाट कमला राई, पदमकुमारी आले मगर, खस आर्यबाट जंगबहादुर राउत, प्रदेशसभा ‘क’ बाट निशानकुमार राई, प्रेमकुमार थापा, महिला दलितबाट बचरी विक, दलितबाट रुद्रबहादुर रोक्का सार्की निर्वाचित भए । महाधिवेशन प्रतिनिधिको मत गणना जारी छ । 

 

उदयपुरका ४ प्रदेश निर्वाचन क्षेत्रमा भएको निर्वाचनमा ३ स्थानमा संस्थापन पक्ष विजयी भएको हो भने १ मा पौडेल समूहले जित हात पारेको छ । ३ स्थानमध्ये प्रधानमन्त्री शेरबहादुर देउवा पक्ष निर्वाचन क्षेत्र १ ‘ख’ मा सरोजकुमार बस्नेत, निर्वाचन क्षेत्र २ ‘क’ खेसबहादुर मगर, ‘ख’, मा कृष्ण थापा निर्वाचित भए । पौडेल पक्षबाट निर्वाचन क्षेत्र १ ‘क’ मा अर्जुन दाहाल विजयी भए । 


उदयपुरमा आठ पालिका रहेकामा निर्वाचन क्षेत्र १ ‘क’ मा बेलका नगरपालिका र चौदण्डीगढी नगरपालिका, ‘ख’ मा त्रियुगा नगरपालिका, क्षेत्र २ ‘क’ मा रौतामाई, उदयपुरगढी, लिम्चुङबुङ गाउँपालिका र निर्वाचन क्षेत्र २ ‘ख’ मा कटारी नगरपालिका र ताप्ली गाउँपालिका रहेका छन् । उदयपुरमा कांग्रेसका क्रियाशील सदस्य १० हजार छन् भने प्रतिनिधि १४ सय रहेको कांग्रेस उदयपुरका प्रवक्ता मदनराज कटुवालले जानकारी दिए ।