close

भक्तपुर सभापतिका लागि थापा र कुवेको उम्मेदवारी 

भक्तपुर सभापतिका लागि थापा र कुवेको उम्मेदवारी 

Trulli
ADVERTISEMENT

भक्तपुर–नेपाली कांग्रेसको भक्तपुर जिल्ला सभापतिका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । १४औँ महाधिवेशनका लागि जिल्ला अधिवेशनमा अष्टकुमार कुवे र दुर्लभ थापाले उम्मेदवारी दिएका हुन् ।


दुई उम्मेदवारमध्ये थापा वर्तमान सभापति हुन् । थापा कांग्रेसको संस्थापन निकट मानिन्छन् भने कुवे नेता प्रकाशमान सिंह समर्थक हुन् । थापासहित उपसभापतिमा बिजेश अवाल र उर्मिला वन, सचिवमा सुशील बस्नेत र राजेश खड्का एवं सहसचिवमा यादवप्रसाद अधिकारी र कृष्णमुरारी न्यौपानेले उम्मेदवारी दिएका छन् ।


कवे पक्षबाट उपसभापतिमा गोकुलराज खत्री र रामगोपाल न्यौपाने, सचिवमा कवीन्द्र मिश्र र पूर्णकाजी श्रेष्ठ एवं सहसचिवमा अनिल भुजु र विष्णुमान साँयले उम्मेदवारी दिएका छन् । 


दुवै जनाको समर्थनबाट अन्य जिल्ला सदस्यले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् । थापाको पक्षबाट मध्यपुर थिमि नगरपालिकाबाट रमिला कपाली, देवेन्द्र श्रेष्ठ र राजेश मानन्धर, सूर्यविनायक नगरपालिकाबाट ललिता धिताल, जीवन श्रेष्ठ, दीपेन्द्रकुमार थापा मगरले उम्मेदवारी दिएका छन् । 


भक्तपुर नगरपालिकाबाट रजनी किसिजु, धर्मरत्न खाइतु र रामबहादुर कासुला, चाँगुनारायण नगरपालिकाबाट कल्पना लामिछाने, प्रेम खत्री र विश्वराम दाहाल, समानुपातिकतर्फ आदिवासी जनजातिबाट रोशनी तामाङ, दिललक्ष्मी कायस्थ, रामेश्वर ध्वजु, धनबहादुर थिङ र रामप्रसाद धौबञ्जार, समानुपातिक खसआर्यबाट सिर्जना केसी, देवेन्द्र न्यौपाने, अच्युत अधिकारी, दलित खुलाबाट मनिता नेपाली, अपांगताबाट शशि बस्नेत र मधेसीबाट राम दिनेशलाल कर्णले उम्मेदवारी दिएका छन् ।


कुवे पक्षबाट जिल्ला सदस्यमा मध्यपुर थिमि नगरपालिकाबाट प्रविना प्रजापति, सानुकाजी राजवहाक, सरोजकुमार तुँछे श्रेष्ठ, भक्तपुर नगरपालिकाबाट विजयलक्ष्मी सुवाल, सुनील चित्रकार, सुन्दर भेले, चाँगुनारायण नगरपालिकाबाट जानकी न्यौपाने, राधेश्याम कार्की, उमेशकुमार खड्का, समानुपातिकतर्फ आदिवासी जनजातिबाट सुजाता वाडे वैद्य, उर्मिला थापा मगर, राजेशकुमार स्वांगामिखा, अष्टबहादुर डंगोल, तेजकुमार डंगोल, अपांगताबाट गणेशहरि कुटु, मधेसीबाट नागेन्द्रकुमार यादव, खसआर्य समानुपातिकबाट संगीता थापा, हरिबहादुर खड्का, श्रीहरि कार्की, दलित खुलाबाट श्रीकृष्ण विश्वकर्माले उम्मेदवारी दिएका छन् ।


त्यसैगरी जिल्ला सचिवमा प्रकाश ढकालले स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्यानलबिना स्वतन्त्र उम्मेदवारी दिने ढकाल एक्ला उम्मेदवार हुन् । थापा पक्षबाट महासमिति सदस्य महिला खुलामा रमा कोइराला पौडेल, आदिवासी जनजाति खुलामा दिलकृष्ण प्रजापति र खसआर्य खुलाबाट उमेश खड्काले उम्मेदवारी दिएका छन् ।


कवे समूहबाट क्रमशः अञ्जनादेवी मधिकर्मी, प्रमिला सुवेदी आचार्य, ज्ञानदास प्रजापति र लछुराम न्यौपानेले उम्मेदवारी दिएका छन् । त्यसैगरी क्षेत्र २ मा आदिवासी जनजाति महिला महासमिति सदस्यमा कल्पना कर्माचार्य, खसआर्य महिलामा संगीता थापा निर्विरोध निर्वाचित भएका छन् । 

 

क्षेत्र २ को महासमिति सदस्य खुलामा थापा समूहबाट मदनकृष्ण श्रेष्ठ, नारायणभक्त खायमली, विष्णुराज कार्की, मुरारीप्रसाद आचार्य र पूर्ण नेपाली विशुंके, कवे समूहबाट गणेशमान चक्रधर, उद्धव सिलवाल, सन्तोष भट्टराई, राजनकाजी त्वाती, अच्युतप्रसाद मिश्रले उम्मेदवारी दिएका छन् ।