close

त्रिवेणीका नगरप्रमुखले छापामार शैलीमा नगरसभा गरेपछि विरोधमा उत्रिए वडाध्यक्ष

त्रिवेणीका नगरप्रमुखले छापामार शैलीमा नगरसभा गरेपछि विरोधमा उत्रिए वडाध्यक्ष

Trulli
ADVERTISEMENT

बाजुरा– बाजुराको त्रिवेणी नगरपालिकाका नगरप्रमुख रामसिंह रावलले छापामार शैलीमा नगर अधिवेशन सम्पन्न गरेको नगरसभा सदस्यहरूले आरोप लगाएका छन । नगरपालिकाका ६ जना वडाध्यक्ष र कार्यपालिकाका सदस्यबिनै नगरप्रमुख रावलले नगरसभामा एकलौटी गरेको वडा वडा नम्बर ७ का वडाध्यक्ष प्रेमबहादुर थापाले बताए । १० असारभित्रै नगरसभा सम्पन्न गर्नुपर्नेमा नगरप्रमुख रावलले छापामार शैलीमा सभा सम्पन्न गर्नुमा भ्रष्टाचारको कारण भएको उनीहरूको आरोप छ ।

 

नगरसभाका सदस्यहरूलाई जानकारी नदिई रातारात नगर अधिवेशन सम्पन्न गरिएको वडाध्यक्ष प्रेम थापाले बताए । ‘नगरप्रमुख रावल पनि कांग्रेसकै हुन् । हामी पनि कांग्रेसकै हौँ । नगरप्रमुखले हिटलर शैली देखाए’, एक वडाध्यक्षले भने । हालै सम्पन्न कांग्रेस अधिवेशनमा नगरप्रमुख रावलले जिल्ला सभापतिमा जितेका छन् ।

 

नगरपालिकामा भ्रष्टाचार गरेको आरोपमा नगरप्रमुखलाई नै ज्ञापनपत्र बुझाउँदासमेत सुनुवाइ नहुँदै एकाएक नगर अधिवेशन सम्पन्न गर्नु गलत भएको वडा नम्बर २ का वडाध्यक्ष प्रभुराजराज जोशीले बताए ।

 

७ असारदेखि स्थगित नगरसभा सञ्चालन गर्न पटक–पटक माग गर्दा पनि अस्वीकार गरेकामा शनिबार एकाएक नगरसभा सदस्य तथा वडा नम्बर १ का वडाध्यक्ष मनराज बुढाको दाबी छ ।


६ वटा वडाका वडाध्यक्ष र नगरसभाका सदस्यलगायत २७ जनाको हस्ताक्षरसहित केही दिनअघि ध्यानाकर्षणसहितको ज्ञापनपत्र बुझाए पनि बेवास्ता गरी नगरसभा सम्पन्न गरेको वडाध्यक्षहरूले बताए ।


‘६ वटा वडाका वडाध्यक्षलाई सहभागी नगराएरै नगरसभा सम्पन्न गरेकामा जिल्ला प्रशासनलगायतमा पनि जानकारी गराएका छौँ’, वडाध्यक्ष थापाले भने ।नगरपालिकामा कांग्रेस अधिवेशन गरिएको र पछि नगरसभा गरौँला भन्दै आलटाल गरिरहेका नगरप्रमुख रावलले नगरको सबै पैसा अधिवेशनमा खर्च गरेको वडाध्यक्ष थापाको दाबी छ ।


नगरसभामा त्रिवेणी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मनराज बुढा, वडा नम्बर २ का वडाध्यक्ष प्रभुराज जोशी, वडा नम्बर ५ का वडाध्यक्ष गम्भीर बुढा, वडा नम्बर ६ का वडाध्यक्ष खड्कबहादुर बुढा, वडा नम्बर ७ का वडाध्यक्ष तथा नगरपालिका प्रवक्ता प्रेमबहादुर थापा र वडा नम्बर ९ का वडाध्यक्ष वीरबहादुर विष्टलगायत नगरसभाका २७ जना सदस्यलाई जानकारी नदिइएको वडाध्यक्षको भनाइ छ ।

 

नगरपालिकाले यो आर्थिक वर्षमा १४ करोड विनियोजन गर्नुपर्नेमा १३ करोड रुपैयाँ अघिल्लो वर्षको दायित्व बुझाउनुपर्ने भन्दै आलटाल गरेको जनप्रतिनिधिको दाबी छ ।