close

अर्घाखाँचीको पाणिनी पालिका उपाध्यक्ष कांग्रेस प्रवेश

अर्घाखाँचीको पाणिनी पालिका उपाध्यक्ष कांग्रेस प्रवेश

Trulli
ADVERTISEMENT

रूपन्देही–अर्घाखाँचीको पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् । कांग्रेस महामन्त्री गगन थापाले एमालेबाट पाणिनी गाउँपालिका उपप्रमुखमा निर्वाचित गौतमलाई पार्टी प्रवेश गराएका हुन् ।

 

कार्यक्रममा गौतमसहित ४ सय बढी कार्यकर्ता कांग्रेस प्रवेश गरेको अर्घाखाँची कांग्रेसले जनाएको छ । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न महामन्त्री थापासहित केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल र सञ्जय गौतम अर्घाखाँची आएका छन् ।

 

गौतम ०७४ को स्थानीय तहको निर्वाचनमा अर्घाखाँचीको पाणिनि गाउँपालिकामा एमालेबाट उपाध्यक्षमा निर्वाचित भएकी
हुन् । एमाले, नेकपा माओवादीलगायतका सयौँ नेता, कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् । गौतम गाउँपालिका महासंघको केन्द्रीय सदस्यसमेत हुन् ।