close

नेकपा एमाले बाजुराको अध्यक्षमा शाही सर्वसम्मत

नेकपा एमाले बाजुराको अध्यक्षमा शाही सर्वसम्मत

Trulli
ADVERTISEMENT

बाजुरा–नेकपा एमाले जिल्ला कमिटी बाजुराको सातौँ जिल्ला अधिवेशनबाट कालीबहादुर शाही जिल्ला कमिटी अध्यक्षमा दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन भएका छन् । अघिल्लो कार्यकालको ७ वर्षसम्म अध्यक्ष रहेका शाही दोस्रो पटक पुनः अध्यक्ष चयन भएका हुन् ।


गत २३ पुसदेखि सञ्चालन भएको एमाले बाजुराको सातौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा शाहीलाई सर्वसम्मत चयन गरिएको एमाले बाजुराले जनाएको छ । जगन्नाथ गाउँपालिका अध्यक्षसमेत रहेका शाही जिल्ला अध्यक्षमा सर्वसम्मत चुनिएका हुन् । यस्तै, उपाध्यक्षमा भरत बुढा, सचिवमा भरत थापा, उपसचिवमा जनक बोहरा र हरि रोकाया चयन भए ।

 

अध्यक्ष शाहीको नेतृत्वमा ५ पदाधिकारी, ३० महिला र ५५ पुरुष गरी ९० जनाको जिल्ला कमिटी बनेको छ । गत २३ पुसदेखि सुरु भएको एमाले जिल्ला कमिटी बाजुराको सातौँ जिल्ला अधिवेशन ५ दिनसम्म चलेर मंगलबार सम्पन्न भएको हो ।
 
जिल्ला कमिटीमा अटेनन् दलित र महिला 
एमाले बाजुराको हालै सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व आए पनि बाजुराका दलित र महिला सहभागिता भने शून्य देखिएको छ ।
बाजुरा एमाले हस्ती युवा नेता काशी विकले उपसचिवको अपेक्षा गरेका थिए । तर, उनी सदस्यमै सीमित भए । एमाले बाजुराले महिलालाई पनि पार्टी पदाधिकारीमा जिम्मेवारी दिन सकेन । जिल्लाकी सक्रिय नेता मनदेवी ओलीसमेत जिल्ला कमिटीमा परिनन् ।

 

एमाले जिल्ला प्रतिनिधिमा आएका हिमाली पालिकाका २६ जना नेकपा एकीकृत समाजवादीमा प्रवेश

बाजुराको हिमाली गाउँपालिकाका २६ जना पदाधिकारीले नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा गरेका छन् । लामो समयदेखि एमालेको विभिन्न संगठनमा रहेका हिमाली गाउँपालिकाका २६ जना नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा गरेका हुन् ।


हिमाली गाउँपालिकाको साविक रुगिन गाविस उपाध्यक्ष अर्जुन बुढथापा, नमराज बुढथापा, विमला मलाल, वीरबहादुर थापा, दिलबहादुर रोकाया, कल्पना भण्डारी, पदमलाल बुढथापालगायत २६ जनाले संयुक्त विज्ञिप्त जारी गर्दै नेकपा एस प्रवेश गरेको बताएका छन् ।