close

मतदाता नामावली अद्यावधिक गर्ने कामामा  सहजीकरण गर्न स्थानीय तहलाई परिपत्र 

मतदाता नामावली अद्यावधिक गर्ने कामामा  सहजीकरण गर्न स्थानीय तहलाई परिपत्र 

Trulli
ADVERTISEMENT

काठमाडौँ– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई मतदाता नामावली अद्यावधिक गर्ने कार्यमा आवश्यक सहजीकरण गर्न परिपत्र गरेको छ । सबै निर्वाचन कार्यालयले फागुन १९ देखि २६ गतेसम्म निर्वाचन कार्यालयमा सञ्चालन गर्न लागेको मतदाता नामावली अद्यावधिक (दाबी र विरोधसहित) कार्यमा आवश्यक सहयोग गर्न शुक्रबार सबै स्थानीय तहलाई परिपत्र गरेको हो ।

 

निर्वाचन आयोगले मन्त्रालयमार्फत मतदाता नामावली अद्यावधिक कार्यमा सहजीकरणका लागि स्थानीय तहलाई परिपत्र गर्न आग्रह गरेको थियो । मतदाता नामावली प्रकाशन गर्ने, कुनै मतदाताको नाम वा विवरणमा कुनै त्रुटि भएमा सच्याउन निवेदन दिने, कसैले झुटा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए प्रमाणसहित उजुरी दिने छन् ।

 

यसैगरी दोहोरो नाम हटाउन निवेदन दिने, मृत्यु भएका वा नागरिकता त्याग गरेको वा नागरिकता रद्द भएको व्यक्तिको नाम मतदाता नामावलीबाट हटाउनेलगायतका मतदाता अद्यावधिक कार्य निर्वाचन कार्यालयबाट सञ्चालन हुँदैछ ।

 

स्थानीय तहले भने निर्वाचन कार्यालले उपलब्ध गराएको मतदाता नामावली तोकिएको मितिमा वडा कार्यालयमै टाँस गर्ने व्यवस्था गर्ने, मतदाता नामावलीमा नाम भएका स्थानीय तहबाट बसाइ सरी आएको, विवाह भई अन्यत्र गएको वा मृत्यु भएको व्यक्तिको विवरण निर्वाचन कार्यालले माग गरेको समयमा उपलब्ध गराउनुपर्नेछ ।

 

मतदाता नामावली अद्यावधिक कार्यक्रमअनुसार कुनै व्यक्तिले केही निवेदन दिनुपर्ने भएमा निर्वाचन कार्यालयमा निवेदन दिन सूचित गर्ने व्यवस्था गर्ने मन्त्रालयले सबै स्थानीय तहलाई आग्रह गरिएको मन्त्रालयका अधिकृत केशवराज पार्धेले जानकारी दिए । सरकारले २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति घोषणा भई निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कामलाई तीव्र पार्दै आएको छ ।