close

पाँच दलीय गठबन्धन पानीको फोका : एमाले उपाध्यक्ष पौडेल

​​​​​​ओली फेरि प्रधानमन्त्री बन्ने दाबी

पाँच दलीय गठबन्धन पानीको फोका : एमाले उपाध्यक्ष पौडेल

​​​​​​ओली फेरि प्रधानमन्त्री बन्ने दाबी

Trulli
ADVERTISEMENT

रुपन्देही । एमालेका उपाध्यक्ष विष्णु पौडेलले सिद्धार्थनगर नगरपालिकामा एमालेको जितलाई कसैले पनि रोक्न नसक्ने दाबी गरेका छन् । 

 

एमालेका नेता कार्यकर्तासँग एजेन्डाको कमी नभएको तथा त्यही कारण जनताले एमालेलाई पत्याउने भएकाले जित सुनिश्चित रहेको उनको दाबी थियो ।

 

एमाले सिद्धार्थनगर नगर कमिटीले आज बिहीबार भैरहवामा आयोजना गरेको उम्मेदवार अभिमुखीकरण तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेलले एमालेको नेतृत्वमा सिद्धार्थनगरलाई आधुनिक नगरको रूपमा विकसित गर्ने बताए । उनले भने, ‘हिजोका दिनमा राम्रा काम ग¥यौँ भन्ने सबैलाई बताउँछौँ, त्यही कारण जनताले हाम्रो साथ दिन्छन् ।

 

एमाले नेतृत्वको सरकारले धेरै काम गरेको जनतालाई थाहा छ,’ उनले भने, ‘बेलहियाबुटवल ६ लेन सडक, भैरहवालुम्बिनी ४ लेन सडक, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल एमालेको नेतृत्वमा बनेको हो ।’ 

 

उनले अगाडि भने, ‘आधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल, क्रिकेट रङ्गशाला, बेलहियामा एकीकृत भन्सार चेकपोस्ट (आइसिसी) एमालेकै अग्रसरता र पहलकदमीमा बन्दै छ, त्यसैले त हामी जनताको विश्वास जित्छौँ। सिद्धार्थनगरका जनताले एमालेका नेता कार्यकर्ताले भनेको कुरा पत्याउँछन् ।

 

हामीले सिद्धार्थनगरमा निर्वाचन जितिसकेका छौँ, उत्साहजाँगरका साथ अगाडी बढ्छौँ, अर्को पटक हाम्रा प्रतिस्पर्धी एमाले बाहेक कसैसँग गठबन्धन गरेर पनि जित्न नसकुन् र उनीहरूले अब उम्मेदवार बन्न पनि दुई पटक सोच्नु पर्ने तरिकाले हामी निर्वाचन जित्न खोजिरहेका छौँ,’ उनले भने ।

 

सिद्धार्थनगरको मेयर र उपमेयरमा एमालेका उम्मेदवारसँग अन्य पार्टीको उम्मेदवारको तुलना हुनै नसक्ने दाबी समेत उनको छ । पार्टीले अघि सारेका उम्मेदवार योग्य रहेको बताउँदै नेता पौडेलले एमालेका कार्यकर्ता बिच कुनै मनमुटाब नरहेको बताए ।

 

नेपाली काँग्रेसको अवस्था कमजोर रहेकाले नै गठबन्धन बिना एक्लै निर्वाचन लड्न नसकेको उनले बताए । उनले भने, ‘स्वयं प्रधानमन्त्री शेरबहादुर देउवाले भन्नुभएको छ, एक्ला एक्लै गयौँ भने निर्वाचन एमालेले जित्छ । एमालेले जित्छ भन्ने प्रधानमन्त्रीको भनाइ सत्य हो । गठबन्धन एमालेका लागि पानीको फोका मात्र हो,’ उनले दाबी गरे ।

 

६० प्रतिशत बढी स्थानीय तहमा एमालेले जित्ने दाबी गर्न समेत उनी चुकेनन् । ६ वटा महानगरपालिकामध्ये कम्तीमा ५, ११ वटा उपमहानगरपालिकामध्ये ९ र अधिकांश नगर-गाउँपालिका एमालेले जित्ने उनको दाबी छ । 

 

एमालेको नेतृत्वमा सरकार नबनेसम्म मुलुकको विकास हुन नसक्ने कुरा जनताले राम्रोसँग बुझेको हुँदा आगामी आम निर्वाचनपछि मुलुकका सर्वाधिक लोकप्रिय नेता एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने भविष्यवाणी समेतको उनले गरे । साथै उनले ओली र एमालेले मात्रै संविधान र लोकतन्त्रको रक्षा गर्न सक्ने बताए ।

 

सिद्धार्थनगर नगरपालिका प्रमुखका उम्मेदवार डा. रामप्रसाद बस्यालले विगतका दिनमा एमाले नेतृत्वमा सिद्धार्थनगरमा भएका कामहरू नै एमालेले जित्ने मुख्य आधार भएको बताए । उपप्रमुखका उम्मेदवार उमा काफ्लेले पनि एमालेको जित सुनिश्चित रहेको दाबी गरिन्