close

जय नेपाल र लाल सलामको सहकार्य आवश्यक छ : प्रचण्ड 

जय नेपाल र लाल सलामको सहकार्य आवश्यक छ : प्रचण्ड 

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जय नेपाल र लाल सलामबीच सहकार्य आवश्यक रहेको बताएका छन् । 

 

बिहीबार चितवनको भरतपुर महानगरपालिकामा भएको गठबन्धनको संयुक्त कार्यक्रमलाई संबोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । 

 

सो क्रममा उनले विगतमा हँसिया हथौँडा र चारतारे झन्डा एक ठाउँ उभिएपछि प्रजातन्त्र पुनर्स्थापना भएको स्मरण गर्दै भने, ‘ लालसलाम र जय नेपालको सम्बन्धको सुरुवात २०४६ सालको ऐतिहासिक जनआन्दोलनबाट सुरु भएको हो ।’