close

बुटवलमा कांग्रेसको अग्रता कायमै, पछ्याउँदै राप्रपा

बुटवलमा कांग्रेसको अग्रता कायमै, पछ्याउँदै राप्रपा

Trulli
ADVERTISEMENT

रुपन्देही ।  रुपन्देहीको बुटवल उपमहानगरपालिकामा का.ग्रसको अग्रता कायम राखेको छ । वाडा नम्बर १ को ६०० मत गणना हुँदा कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेले २५६ मत प्रापत गरेका छन् ।

 

उनलाई पछ्याउँदै राप्रपाका मृगेन्द्र शेरचनले १२८ मत प्राप्त गरेका छन् । एमालेका बाबुराम भट्टराईले ९४ मत प्राप्त गरेका छन् ।


सैनामैनामा एमालेको अग्रता, पछ्याउँदै कांग्रेस

 

रुपन्देहीको सैनामैना नगरपालिकामा एमालेले अग्रता लिएको छ । १ नम्बर वडामा मतगणना जारी रहँदा २०० मत गणना गर्दा एमालेका प्रमुख उम्मेद्वार चित्रबहादुर कार्कीले ८३ मत प्राप्त गरेका छन् भने कांग्रेसका फणीन्द्र शर्माले ८२ मत प्राप्त गरेका छन् ।
सुरुवातदेखिनै कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । 

 

त्यसैगरी उपप्रमुखमा माओवादी केन्द्रका मानबहादुर महतले ९१ मतसहित अग्रता लिएका छन् भने एमालेकी बिना रानाले ८९ मतसहित पछ्याएकी छन् ।

 

रोहिणीमा राप्रपाको अग्रता, पछ्याउँदै जसपा

 

रुपन्देहीको रोहिणी गाउँपालिकाको प्रारम्भिक मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता लिएको छ । राति १२ बजेदेखि सुरु भएको मतगणनामा अहिले सम्म २ सय मतगणना भएको छ ।

 

वडा नम्बर १ बाट सुरु भएको मतगणना अनुसार अध्यक्ष पदमा राप्रपा को उम्मदेवारले ७८ मत प्राप्त गरेका छन भने जसपाले ४९ मत प्राप्त गरेको छ । यस्तै नेपाली कांग्रेस २८ मत सहित तेश्रो र नेकपा एमाले १३ मत सहित चौथो स्थानमा रहेको छ ।

 

उपाध्यक्ष पदमा राप्रपाले ६१ मत प्राप्त गर्दा जसपाले ४३, नेकपा एमालेले १६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसै गरि वडा अध्यक्षको लागी राप्रपाले ६९ मत प्राप्त गरेको छ भने कांग्रेसले ५५ मत प्राप्त गरेको छ । जसपाले ३१ मत प्राप्त गर्दा नेकपा एमालेले १५ मत प्राप्त गरेको छ ।


भैरहवामा कांग्रेसको अग्रता, दोश्रोमा राप्रपा

 

भैरहवा । स्थानीय तह निर्वाचन अन्र्तगत सिद्धार्थनगर नगर पालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसलाई पछ्याउदै राष्ट्रिय प्रजातन्त्र पार्टी दोश्रोमा रहेको छ ।

 

यस अघि निर्वाचित नेकपा एमाले भैरहवामा तेश्रो स्थानमा रहेको छ । यस्तै जनता समाजवादी पार्टी चौथो स्थानमा रहेको छ । राति १ बजेदेखिवडा नम्बर १ बाट मतगणना सुरु भएको छ ।

 

वडा नम्बर १ को पक्लिहवा बुथ अन्र्तगत ७ सय ९२ मत गणना गर्दा प्रमुख पदका लागी नेपाली कांग्रेसले ३ सय ९१ मत गरेको छ भने राप्रपाले १ सय ६५, नेकपा एमालेले ६२ र जसपाले ५३ मत प्राप्त गरेको छ । उप–प्रमुख पदको लागी गठबन्धनबाट नेकपा माओवादी केन्द्रले १ सय २७ मत प्राप्त गर्दा जनता समाजवादी पार्टीले १ सय ४४ मत प्राप्त गरेको छ ।

 

यस्तै राप्रपाले १ सय ७ र एमालेले ८६ मात प्राप्त गरेको छ । वडा अध्यक्षमा पनि नेपाली कांग्रेले ठूलो अग्रता लिएको छ । कांंग्रेसले ४ सय १६ मत प्राप्त गर्दा जसपाले १ सय ६५ मत सहित उसलाई पछ्याएको छ । राप्रपाले ४३, एमालेले ४८ र माओवादीले ८ मत प्राप्त गरेको छ ।