close

बुटवल उपमहानगरमा नियमित खोपमा टाइफाइड खोपको शुभारम्भ 

बुटवल उपमहानगरमा नियमित खोपमा टाइफाइड खोपको शुभारम्भ 

Trulli
ADVERTISEMENT

रुपन्देही । बुटवलमा नियमित टाइफाइड खोपको सुरुवात भएको छ । 

 

आज (मंगलबार) एक कार्यक्रमबीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नियमित खोप शुभारम्भ गरेका हुन् । नगरप्रमुख पाण्डेले स्वास्थ्यकर्मीलाई खोपको बक्स हस्तान्तरण गरेर कार्यक्रम सुभारम्भ गरेका थिए ।

 

वडा नम्बर–७ दीपनगरस्थित सहरी स्वास्थ्य केन्द्रमा टाइफाइड खोपको सुभारम्भ गर्दै नगरप्रमुख पाण्डेले सहरी स्वास्थ्य केन्द्रलाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाउन जरुरी रहेको भन्दै त्यसका लागि सरोकारवालासँग परामर्श गरेर अगाडि बढ्ने बताएका छन् । 

 

पाण्डेयले बुटवलमा सहरी स्वास्थ्य केन्द्रलाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाइने बताएका छन् ।

शुभारम्भ कार्यक्रममा वोल्दै प्रमुख पान्डेयले बुटवलमा नगर अस्पतालको आवश्यकताबारे पनि आवश्यक छलफल अगाडि बढाइने बताए ।

 

नगरको फोहोर व्यवस्थापनका लागि विज्ञसँग छलफल गरेर अघि बढ्ने बताउँदै उनले स्वास्थ्य केन्द्रको भवन निर्माण गर्ने विषयमा आफू सकारात्मक रहेको बताएका छन् ।

 

सो अवसरमा बुटवल उपमहानगरपालिका–७ का वडा अध्यक्ष तथा सहरी स्वास्थ्य केन्द्र दीपनगर व्यवस्थापन समितिका अध्यक्ष पदमराज गाहाको सभापतित्व र नगरप्रमुख पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिका–१० का अध्यक्ष बलु पुन,बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखाप्रमुख कल्पना पौडेल, सहरी स्वास्थ्यकेन्द्र दीपनगरका इन्चार्ज डा.तुलराज शर्मालगायतले खोपको महत्त्वबारे छलफल बोलेका थिए ।

 

स्वास्थ्य शाखा प्रमुख पौडेलले नियमित खोपअन्तर्गत पाँच वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्वको खोप अब नियमिति खोपसँगै दिइने बताइन् । रोग लाग्नबाट बच्न खोप पहिलो प्राथमिकता भएको भन्दै उनले नगरका ५६ स्थानमा खोप लगाइनेसमेत बताइन् ।