close

एमाले उपाध्यक्ष विष्णु पौडेलको वडामा एमाले पराजित

एमाले उपाध्यक्ष विष्णु पौडेलको वडामा एमाले पराजित

Trulli
ADVERTISEMENT

रुपन्दही । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको वडामा एमाले पराजित भएको छ । 

 

वडामा कांग्रेसले ३० वर्षपछि जितेको हो । बुटवल–८ को वडाध्यक्षमा कांग्रेसका यज्ञप्रसाद पंगेनी निर्वाचित भएका छन् । कांग्रेसका पंगेनीले एमालेका ज्ञानप्रसाद अर्याललाई ३१ मतले पराजित गरेका हुन् । 

 

वडाध्यक्षमा निर्वाचित कांग्रेसका पंगेनीले एक हजार ५३९ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका अर्यालले ५०८ मत प्राप्त गरे । एमालेले २०४९ सालपछि पहिलो पटक यो वडा गुमाएको हो  । 

 

रुपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवारको अग्रता फराकिलो बन्दै गएको छ । पछिल्लो गणनाअनुसार सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले २३ हजार ४३३ मत पाएका छन् । 

 

नेकपा (एमाले)का उम्मेदवार बाबुराम भट्टराईले १७ हजार ३९ मत ल्याएका छन् । उनीहरूबीचको मतान्तर ६ हजार ३९४ छ ।

 

उपप्रमुखमा एमालेकी उम्मेदवार सावित्रा अर्यालको अग्रता छ । अर्यालले १६ हजार ८८ मत छ पाएकी छन् । गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का चिनबहादुर गुरुङले ११ हजार ६२० मत ल्याएका छन् ।

 

१९ वडा रहेका बुटवलमा अहिलेसम्म १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, १३, १४, १५, १६, १७, १८ र १९ को नतिजा सार्वजनिक भइसकेको छ । यहाँ १०, १४, १८ र १९ एमालेले जितेको छ भने १ मा स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् ।

 

नतिजा सार्वजनिक १७ वडामा विजयी अध्यक्ष

बुटवल – १ नरेन्द्र बस्नेत (स्वतन्त्र)

बुटवल – २ सुनील शाक्य (नेकपा एस)

बुटवल – ३ विष्णु ढकाल (नेपाली कांग्रेस)

बुटवल – ४ नरेश्वर पौडेल (नेपाली कांग्रेस)

बुटवल – ५ हरिप्रसाद श्रेष्ठ (नेपाली कांग्रेस)

बुटवल –६ लोकनाथ न्यौपाने (नेपाली कांग्रेस)

बुटवल – ७ पदमराज गाहा (नेपाली कांग्रेस)

बुटवल – ८ यज्ञ पंगेनी (नेपाली कांग्रेस)

बुटवल –९ प्रदीपकुमार श्रेष्ठ (नेपाली कांग्रेस)

बुटवल–१० बलु पुन (नेकपा एमाले)

बुटवल–१३ नारायण पुन (नेपाली कांग्रेस)

बुटवल–१४ दधिराम न्यौपाने (नेकपा एमाले)

बुटवल – १५ शिव राना (नेपाली कांग्रेस)

बुटवल –१६ कृष्ण पौडेल (नेपाली कांग्रेस)

बुटवल –१७ ज्ञान बहादुर रेश्मी (नेपाली कांग्रेस)

बुटवल –१८ गुरु प्रसाद पङ्गेनी (नेकपा एमाले)

बुटवल –१९ चन्द्रसिंह थापा (नेकपा एमाले)