close

अनधिकृत व्यक्तिले बजेट निर्माण गरेको भन्ने कुरा भ्रामक : अर्थमन्त्री (उनकै शब्दमा)

अनधिकृत व्यक्तिले बजेट निर्माण गरेको भन्ने कुरा भ्रामक : अर्थमन्त्री (उनकै शब्दमा)

Trulli
ADVERTISEMENT

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिले बजेट निर्माण गरेको भन्ने कुरा भ्रामक भएको बताएका छन् । 

मंगलबार मन्त्रालयगत रुपमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री शर्माले यस्तो बताएका हुन् । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्नता गराएको भन्दै यतिखरे उनीमाथि राजीनामा दिन दबाब छ ।

सबै काम प्रक्रियागत रूपमै भएको बताउँदै उनले बजेट निर्माणमा आपूm उत्तरदायी भएको बताए । 

संसद्मा के भने अर्थमन्त्री शर्माले 
बजेट तर्जुमाको विषयलाई लिएर केही मिडियाहरूमा आएको समाचारबारे मान्यज्यूहरूले उठाउनुभएको प्रश्नको बारेमा स्पष्ट गर्न उभिएको छु । 
मान्य नेपाल सरकार कार्यसम्पादन नियमावली, २०७४ अनुसार तोकिएको जिम्मेवारीभित्र रही कार्यसम्पादन हुने कुरा स्पष्ट गर्न चाहन्छु । 
बजेट तथा आर्थिक विधेयक तर्जुमाका सन्दर्भमा स्पष्ट रूपमा परिभाषित गरिएका प्रक्रिया छन् । ती प्रक्रियाअन्तर्गत रहेर मुख्यतः अर्थसचिव र राजस्वसचिव रहने व्यवस्था छ अर्थमन्त्रालयमा ।

र, उहाँहरूको मातहतमा रहनुभएका अन्य विभागीय प्रमुख र कर्मचारीहरूको तहमा विभिन्नस्तरमा छलफल भएर तथा र विभिन्न सरोकारवालाबाट आएका सुझावलाई ध्यान दिएर प्रस्ताव बन्ने गर्छन् । यो कुरा यहाँ जानकारी गराउन चाहन्छु । र, त्यसलाई आवश्यक तयारी गरेर निष्कर्षमा ल्याउने र अर्थमन्त्रीले सरकारको नीति र भिजनलाई नीतिगत रूपमा निर्देशन दिएपछि बजेट तयार हुने परम्परा छ । 
र, अहिले पनि त्यसैगरी बजेट तयार भएको कुरा म स्पष्ट पार्न चाहन्छु ।

 छलफल हुँदा प्राप्त सुझावलाई बढीभन्दा बढी ध्यान दिने र सम्बन्धित मन्त्रीले तय गरेर पठाएका कार्यक्रम र योजना अर्थमन्त्रालयका बजेटसँग सम्बन्धित विभागका पदाधिकारीबीच भएको छलफलका आधारमा त्यसलाई टुंग्याउने परम्परा छ । सोहीअनुसारै अहिलेको बजेट पनि बनेको कुरा स्पष्ट गर्न चाहन्छु । 

अहिले यहाँ जुन विषय उठेको छ । बजेट निर्माण गर्दा राजस्वको दर घटबढ गर्न कुनै मान्छे १२ बजे आएर चलखेल ग¥यो भन्ने सन्दर्भ अत्यन्त भ्रामक,कपोकल्पित र झुटा कथा बनाइएको छ । म यसको खण्डन गर्न चाहन्छु ।