close

प्रदेशलाई खानी उत्खननको अधिकार दिन मुख्यमन्त्रीको आग्रह

प्रदेशलाई खानी उत्खननको अधिकार दिन मुख्यमन्त्रीको आग्रह

Trulli
ADVERTISEMENT

रूपन्देही–लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश र प्रदेशबासीको जीवनलाई समृद्धि बनाउन खानी उद्योग क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् ।


उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खानी र सिमेन्ट उद्योग सञ्चालकसँग गरिएको अन्तरक्रियामा मुख्यमन्त्री केसीले प्रदेश सरकारले उद्योगमैत्री नीति निर्माण गरेको जानकारी दिए । प्रदेश सरकारसँग हातेमालो गरी समृद्ध प्रदेश निर्माणका लागि सहयोग गर्न उद्योगी, व्यवसायीलाई आग्रह गरे । उद्योग क्षेत्रलाई उद्योगमैत्री वातावरण निर्माणमा सहयोग गर्न प्रदेश सरकार तयार रहेको प्रतिबद्धता उनले जनाए । 


खानी एक स्थान र उद्योग अर्काे स्थानमा भएकाले लागत धेरै लागेको उल्लेख गर्दे मुख्यमन्त्री केसीले त्यसलाई सकेसम्म न्यूनीकण गर्न उद्योगीलाई सुझाए । खानी उत्खनन गर्दा भविष्यमा हुने वातावरणीय क्षतिलाई पनि ध्यान दिनुपर्ने बताउँदै उद्योग सञ्चालनभन्दा पनि त्यसबाट हुने अप्ठेरा समाधान गर्नुपर्ने उनको भनाइ छ ।


मुख्यमन्त्री केसीले उत्खनन जिम्मेवारी प्रदेशलाई दिनुपर्ने र अन्वेषण संघ सरकारले लिनुपर्ने बताए । ‘संघीय सरकारलाई अन्वेषणको जिम्मेवारी र प्रदेशलाई उत्खननको जिम्मेवारी प्रदान गर्नुपर्छ । संघले उत्खनन र प्रदेशलाई अन्वेषणको जिम्मेवारी दिइँदा उल्टो भएको छ,’ उनले भने ।


उद्योग मर्ज गरी एकीकृत योजना बनाएर अगाडि बढ्नुपर्ने बताउँदै सानाभन्दा ठूला उद्योग सञ्चालनमा जोड दिन उद्योगीलाई सुझाव दिए । वातावरणीय क्षेत्रलाई बचाइराख्न आवश्यक रहेकाले खानी सञ्चालन गर्ने उद्योगले ग्रामीण वासिन्दाको विकासमा ध्यान दिएर विद्यालय, स्वास्थ्य चौकीलगायत पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता उनले औँल्याए । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अजय शाहीले प्रदेशको समृद्धिका लागि अगाडि बढ्न सबैलाई अनुरोध गरे ।