close

सोमबार र मंगलबार सार्वजनिक बिदा

सोमबार र मंगलबार सार्वजनिक बिदा

Trulli
ADVERTISEMENT

काठमाडौं- सरकारले आज (सोमबार) र भोलि (मंगलबार) लगातार सार्वजनिक बिदा दिएको छ । सरकारले आज क्रिसमस डे र भोलि उधौली पर्वको अवसरमा सार्वजनिक बिदा दिएको हो ।

गृह मन्त्रालयले आज इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमस डेका लागि सार्वजनिक बिदा दिएको छ । भोलि मंगलबार उधौली पर्व, योमरी पुन्ही, ज्यापू दिवस (धान्य पूर्णिमा)का अवसरमा पनि सरकारले सार्वजनिक बिदा दिएको छ ।